मुख्य समाचारसमाचारहेडलार्इन

धरान बाहेक ४१ जिल्लामा डेंगु , बिरामीले आफूखुशी एन्टिबायोटिक र पेनकिलर लिदै

एक्कासी ज्वरो आउने र टाउको दुखेपछि चिकित्सकको परामर्श विनै विरामीले पेनकिलर खाने गरेको देखिन्छ। कतिपयले त एन्टिबायोटिक समेत लिने गरेका छन्। यसबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार गर्न आउने विरामीको कुरा सुनेर प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला अचम्ममा परेका छन । ‘चिकित्सकको परामर्शविना अनावश्यक रुपमा एन्टिबायोटिक खान मिल्दैन’, उनले भने ।

डेंगुले मुलुकका ४२ जिल्लामा प्रकोपको रुप लिएको छ । ३ हजार ४ सयभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ । डेंगु हुँदा एक्कासि ज्वरो आउँछ। टाउको दुख्छ । पेट, जीउ र जोर्नीमा दुखाइ महसुस हुन्छ । आँखाको गेडी र पछिल्लो भाग दुख्छ। डा. बास्तोला भन्छन, ‘डेंगुमा को(इन्फेक्सन कस्तो छ, यस बारेमा ध्यान दिनुपर्छ । सात प्रतिशतभन्दा थोरै व्यक्तिलाई मात्र को (इन्फेक्सन हुन्छ । त्यसैले डेंगुका विरामीलाई एन्टिबायोटिकले फाइदा गर्दैन । पेनकिलर त झनै घातक हुन्छ ।’

चिकित्सकका अनुसार, विरामीमा को(इन्फेक्सन भएमा बिरामीको मृत्यु हुने सम्भावना बढी हुन्छ । पहाडी जिल्लामा डोटीकी छत्रा मलासीको ज्यान को(इन्फेक्सनका कारण भएको चिकित्सकको आशंका छ । भदौ ६ गते उपचारका क्रममा कैलाली स्थित एक अस्पतालमा ती महिलाको ज्यान गएको थियो । प्रदेश १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेका अनुसार डेंगुका कारण अर्को एकजनाको ज्यान गएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का प्रमुख डा. विवेक लालका अनुसार, कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेको एक साताभित्र लक्षण देखा पर्छ । ‘दुखाई कम गराउन ब्रुफेन, निमेसुलाइड तथा एस्पिरिन जातका औषधि सेवन गर्दा विरामीमा रक्त श्राव हुने संभावना हुन्छ’, डा. लालले भने । सामान्य त डेंगुमा मृत्यु हुने सम्भावना कमै हुन्छ । पछिल्लो समय डेंगु हेमोरेजिक फिभर (डीएचएफ) भएका विरामी धेरै देखिएका छन्। डेंगु सक सिन्ड्रोम (डीएसएस) भएका विरामी नदेखिएको चिकित्सकको भनाइ छ । ‘उपचार नै नगरे डेंगुका ५० प्रतिशत सम्म विरामीको मृत्यु हुनसक्छ’, डा. लालले भने, ‘तर समयमा राम्रो उपचार भएमा मृत्युलाई एकप्रतिशतमा झार्न सकिन्छ ।’

एडीस एजेप्टाई र अल्बोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुन्छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलका अनुसार, ज्वरो आउनुवित्तिकै आत्तिनु पर्दैन। ‘प्लेटलेटस र सेता रक्तकोषको संख्या घटेको छैन भने आत्तिहाल्नु पर्दैन’, डा. प्याकुरेल भन्छन, ‘यस्तो अवस्थामा एन्टिबायोटिकको सेवन जरुरी छैन ।’ विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का अनुसार, विश्वको आधाभन्दा बढी जनसंख्या डेंगु रोगको जोखिममा छ। हरेक वर्ष विश्वमा झण्डै ३९ करोडलाई डेंगुको संक्रमण हुने गरेको छ ।

निःशुल्क उपचार गर्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले डेंगु संक्रमितलाई निःशुल्क उपचारका लागि प्रबन्ध मिलाउन निर्देशन दिएका छन्। शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निरिक्षण गरेपछि मन्त्री डा. यादवले यस्तो निर्देशन दिएका हुन्। अस्पतालको आपतकालिन कक्षका साथै सबै वार्डको निरीक्षण गरी डेंगुका विरामीको स्वास्थ्य स्थिती बारे जानकारी लिएका थिए । डेंगुको विरामी अस्पताल आएपछि उपचारका लागि अन्यत्र जान नपर्ने गरी प्रबन्ध मिलाउन स्वास्थ्य सेवा विभाग र सो अन्तर्गतका महाशाखा प्रमुखलाई राज्यमन्त्री यादवले निर्देशन दिएका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close