समाचारसमाज

धनकुटाका पूर्व सभापतिको निधन

नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका पूर्व सभापति केदार लाल सिंह श्रेष्ठको शनिबार निधन भएको छ ।
मृगौलाको समस्याका कारण दुई बर्ष अघि देखी उपचार गराईरहनु भएको नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका पूर्व सभापति केदारलाल सिंह श्रेष्ठको शनिबार विहान निधन भएको उहाका परिवारले जानकारी दिए ।

पूर्व नगर सभापति सिंहको पार्थिप शरिरमा नेपाली कांग्रेसका केन्द्रिय नेताहरुले पार्टीको झण्डा ओढाएर आईतबार अन्तिम श्रद्धाञ्जली दिई अन्त्यष्टि गरिने नेपाली कांग्रेस धनकुटका सपभापति तथा संविधान सभा सदसय मनोरह नारायण श्रेष्ठले वताए ।

१९९१ साल माघ १२ गते धनकुटामा जन्मनु भएका नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका पूर्व सभापति केदार लाल सिंह श्रेष्ठको श्रीमती इन्द्र कमारी सिंह श्रेष्ठ र छोराहरु अस्मिन र अर्विन सिंह श्रेष्ठ र छोरीहरु लिना,मिना र सोना सिंह श्रेष्ठ रहेका छन् ।

नेता नगर कार्य समितिका पूर्व सभापति केदार लाल इमानदार कर्तव्य निष्ठ र निडर साहसिक नेताका साथ कुसुल संगठन एकता भएकोले उनकोे निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close