राजनीतिसमाचारहेडलार्इन

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदैलो अभियान मंसिर १ र २ गते १७ नम्बर वडामा सञ्चालन भएको छ । विहान ७ बजेदेखि सयौं नेता तथा कार्यकर्ताका साथ घरदैलो अभियान शुरु भएको हो  ।

१७ नम्बर वडा पार्टी कार्यालय रेल्वेचौकबाट शुरुभएको उक्त अभियानमा संघीय सांसद तथा नेकपाका जिल्ला सदस्य जयकुमार राई निर्वाचन परिचालन समितिका इन्चार्ज रहेका छन् भने उनको नेतृत्वमा सह इन्चार्ज मनोज भट्टराई, संयोजक सुवास वर्देवा लगायतले अभियानको नेतृत्व गरेका छन् । अभियानमा जिल्ला सदस्य फोक्वाहाङ सुब्बा (चोत्लुङ), अशोक राईसहित नगर तथा वडा स्तरका नेताहरु समेत घरदैलो अभियानमा सहभागि भएका छन् ।

अभियानका क्रममा नेकपाका उम्मेद्वार प्रकाश राईलाई बिजय गराउन भन्दै स्थानीय घरदैलो अभियानमा लामबद्ध भएका छन् । सिङ्मीचौकका महप्रसाद राइले भने–‘अन्य पार्टीहरु पनि घरघरमा आएर भोट मागेका छन् तर उनीहरुका कुरा धरान १७ का जनताले सुन्नेमात्र हो, भोट त नेकपालाई सुर्यमा हाल्ने हो ।’ त्यस्तै दियालोमार्गका बुद्धिमान विश्वकर्माले भने–‘हिजो र अस्ति काँग्रेसले घरदैलो अभियान ग¥यो, राती ९ बजेसम्म घरघरमा गएर जसरी पनि भोट काँग्रेसमा लगाउनु भनेका छन्  हामीले उनीहरुका कुरा राम्ररी सुनेका छौं तर भोट त सूर्यमा पक्का छ ।  किनकी हिजोदेखि आजसम्म नेकपा हाम्रो सुखदुःखको साथी हो । १७ नम्बरमा काँग्रेस पर्यटक पार्टी हो, आउँछ जान्छ ।’

नेकपाले आफ्ना उम्मेद्वार बिनानै कात्तिक २५ गतेदेखि नै घरदैलो अभियान एकचरण सकिसकेको छ भने आइतबार र सोमबार पुनः जनताको घरघरमा मेयरका उम्मेद्वार प्रकाश राईलाई लगेर जाँदैछ । मंसिर १ गते रेल्वेचौकबाट शुरु भएको अभियान सप्तरंगीमार्ग, सुनौलोमार्ग, बिजयटोल, अजम्बर मार्ग, माथिल्लो सुनौलो चौक, रमाइलोचौक, टेम्केमार्ग, रत्नचौक, बगानटोल, आदर्शमार्ग, बिचघोपा, सिङ्गमीचौक र शान्तिटोलमा विहानको अभियान केन्द्रित हुने १७ नम्बर वडा निर्वाचन परिचालन समितिका संयोजक सुवास वर्देवाले जानकारी दिए ।

त्यसपछि उदय सामुदायिक बनको भवनमा खाना खाने र त्यसपछि माथिल्लो उदय टोल, नमस्तेचौक, तल्लो उदय, नमुना मार्ग, विद्याटोल, इन्द्रेणीमार्ग, विजुवाटोल, बेलगाछी, चौरीमार्ग, पुलचौक, चतरामार्ग हुँदै रेल्वेचौकमा बेलुका ५ बजे समापन हुनेछ । त्यसैगरी मंसिर २ गते विहान ७ बजे रेल्वेचौक पार्टी कार्यालयमा भेला भई पट्नालीबाट घरदैलो अभियान शुरु गरिनेछ । त्यसपछि फोक्लेन, डाँडाघोपा, एन्फामार्ग, सरस्वतीचौक, हुलाकी मार्ग, साउनेबस्ती, असारे बस्ती, सप्तरंगीमार्ग हुँदै बेलुका ५ बजे पूनः रेल्वचौकमा सम्पन्न हुने निर्वाचन परिचालन समितिका संयोजक वर्देवाले जानकारी दिएका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close