समाचारस्वास्थ्यहेडलार्इन

मलाई सहयोग गरीदिनुहोस म बाँचेर ऋण तिर्नेछु , पैसा भए म बाँच्छु रे देविकाको अनुरोध (भिडियो सहित)

धरान,

विगत ५ वर्ष देखि ओछ्यान परेकी देविकाले जिवन रक्षाका लागि भिख मागीरहेकी छिन् । मधुमल्ला बेतेनीका देविका याख्खा हाल धरान उपमहानगरपालिका वार्ड नं. ८ भोटेपुल सुकुम्बसी बस्तीमा सानो टिनले बारेको कोठामा बस्छीन् । २०७४ सालमा एकासी चक्कर लागेर ढलेकी देविकालाई उनको श्रीमान लाल बहादुर याख्खाले ऋणपान गरेर उपचार गराए तर अहिले सम्म बिरामी निको भएको छैन । देविका बोल्न र उठेर बस्न समेत सक्दीन् । उनको कोठमा कोही नयाँ मान्छे पुगेको थाहाँ पाए देविका मान्छे बोलेको सुनेर रुन थाल्छीन् । आफ्ना पिडा सुनाउन खोज्छिन् देविका तर उनको बोली आउदैन । मलाई उपचार गराईदिनुहोस मलाई सहयोग गर्नुहोस भन्ने अलि अलि उनको आवज सुन्न सकिन्छ । २०७४ साल देखि बिरामी परेर ओछ्यानमा लेडेकी देविकाले लामो समय सम्म उपचार गराईन तर पैसाको अभावले भने जस्तो उपचार गराउन नसकेको उनले तोते बोलीले सुनाईन् । बोलेर दुःख बाँड्न खोन्छिन् देविका तर उनको स्वरले साथ दिदैन । देविकालाई उनको श्रीमान र छोरीहरुले उठाउने सुताउने र दिशा पिसाब गराउदै आएका छन् । घरको एक जना सदस्या देबिकालाई खाना खुवाउन र दिशा पिसाब गराउन गोठालो लाग्नु पर्छ । देविका बिरामले थलिएपछि अहिले नानीहरुको पढाई छुटेको छ ।

‘आफु गरिब मान्छे रोजगाीको नाममा साहुको गाडी चलाउछु , घरमा श्रीमती यस्तो बिरामी छ । आफु संग भएको सबै पैसा सकियो साथीभाई संग ऋण र सहयोग मागेर १२ लाख खर्च गरीसके श्रीमतीलाई अझै राम्रो हुन सकेको छैन पैसा भयो भने उपचार हुन्छ भन्छन् साथीभाई खै कहाँ कस्लाई माग्नु र आफु संग भएको सबै सकियो सम्पतिको नाममा जग्गा जमिन भएपनि बेचेर उपचार गराउन हुन्थ्यो त्यो पनि छैन , भगवानले पनि हामी जस्ता गरिबलाई नै दुःख दिने रहेछ ’ देविकाकी श्रीमान लाल बहादुर याख्खाले गुखेसो सुनाए । ‘चिनेजानेको साथीभाई र आफन्तहरुले हामीलाई सक्दो सहयोग गर्नु भयो अब कहाँ जाने के गर्ने थाहाँ छैन,सरकारले पनि सहायोग गर्छ रे भनेको सुनिन्छ खै के हो थाहाँ नै छैन आफुलाई यहाँ वडाका मान्छेहरु त आउनु हुन्छ खै उहाँहरुले पनि केही भन्नु भएको छैन सहायोग पनि गर्नु भएको छैन यहाँ आएर हेरेर त जानु भएको छ उहाँहरुलाई पनि सबै कुरा थाहाँ छ तर सहयोग चाहि गर्नु भएको छैन ’ स्थानीय सरकारले सहयोग नगरेको गुनासो सुनाउदै लाल बहादुरले कोशीपोष्ट डटकम संग भने ।

‘अहिले सम्म सरकारले केही पनि सहयोग गरेको छैन बरु हाम्रै गाउँको चेली गोमा गौतम (खानल) ले अस्ति गएको दशैमा चामाल तरकारी केही पैसा पनि सहयोग गर्नु भयो,उहाँ मेरो नाताले बहिनी पर्नु हुन्छ मलाई बहिनीले दाजु भन्नु हुन्छ अस्ति फेरि आउनु भएको थियो त्यो बेला बहिनीले दाजु म मिडियालाई पठाई दिन्छु भन्नु भएको थियो आज तपाईहरु आउनु भयो खुशी लागेको छ । मिडियामा जादा सहयोग हुन्छ भन्थ्ये साथीभाईहरु आफुलाई त्यो पनि थाहाँ भएन साहुँको गाडी चलाएर हिड्नु पर्छ समय नै भएन गोमा बहिनी पानवारीको जनप्रतिनिधि पनि हो उहाँले आज तपाईहरुलाई यहाँ पठाउनु भएको होला । म पनि सुगर र प्रेसरको बिरामी छु , मेरो हातखुट्टा लाग्छ तर श्रीमतीको हातखुट्टा नै लाग्दैन के गर्नु सर हामी गरिबलाई भगवानले पनि किन गरी खान नदिएको होला’ लाल बहादुरले कोशीपोष्ट डटकम संगको कुराकानीमा पिडा सुनाउदै भने ।

‘ घरको मुली मान्छे भनेको छोरी मान्छे श्रीमती हो हामी छोरा मान्छे त बारको गोचा ना हो घरको मुली मान्छे नै यसरी ओछ््यान लागेपछि के गर्नु उसलाई उपचार गराउँदा ऋण लागेको छ । केही साथीभाईले सहयोग गर्नु भयो बाँकी ऋण लिएर आफुले सकेको उपचार गराए अब केही छैन घरमा सधै रुवाबासी हुन्छ पैसा नहुँदा छोरीहरुले पनि रुकूल जान पाएन पढाउन सकिन,बिरामी निको होला भनेर थुप्रै खर्च गरे राम्रो भईसकेको छैन आजभोली तोते बोल्न सक्छ खाना पनि आजभोली आधा भँुईमा आधा मुखमा गरेर अलि अलि खान सक्छ । बिराम हुन साथ घोपा क्याम लगेका थियौं त्यहाँ राम्रो उपचार भएन लान साथ डाक्टहरुले बिरामी हेरीदिनन् । अन्य ठाउँमा लैजानु पनि आफु संग पैसा थिएन साथीभाई संग ऋण मागेर उपचार गराए अहिले सम्म अब ऋण पनि कसैले दिदैनन् ऋण लिएर पनि कसरी तिर्ने खै’ आर्थिक अभावले श्रीमतीको उपचार गर्न नसकेको लाल बहादुरले दुखेसो सुनाए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close