समाचारस्थानीयहेडलार्इन

वीपीका पदाधिकारीले गैरजिम्मेबार जवाफ दिए मेयर राई, धरानका कोरोना संक्रमितलाई हरियालीका भवनमा राखिने

धरान,

सुनसरी धरान स्थित वीपी प्रतिष्ठानका पदाधिकारीले गैरजिम्मेवार जवाफ दिएको धरानका मेयर तिलक राईले बताएका छन् । पदाधिकारीका गैरजिम्मेवारका कारण धरानमा देखिएका कोरोना संक्रमितलाई धरान १९ स्थित हरियाली सामुदायिक वन समुहको आवास गृहमा राख्नु परेको मेयर राईले बताए ।

पिसिआर पोजेटिभ रिपोर्ट आए पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसन बेडको अभाव भएपछि संक्रमितहरु घरमा नै रहेका छन् । घरमा बस्दा आवश्यक मापदण्ड पुरा नहुने र अन्यलाई संक्रमणको पनि जोखिम हुने भएकोले उनीहरुलाई अलग्गै राख्न उपमहानगरपालिकाले तयारी गरेको हो । वीपी प्रतिष्ठानका विज्ञ चिकित्सक, नेपाली सेनासहितको टोलीले आवश्यक निरीक्षण गरेर हरियालीको आवास गृहलाई आइसोलेसन केन्द्र बनाउन छनौट गरेको मेयर राईले जानकारी दिए ।

मेयर तिलक राईका अनुसार यो आवास गृहमा २३ जनाको क्षमता हुनेछ । त्यहाँको सुरक्षा तथा व्यवस्थापनको जिम्मा नेपाली सेनाको हुनेछ । संक्रमित बस्ने क्षेत्रलाई घेराबारा गरेर राखिनेछ भने सिसिटिभीबाट निगरानी हुनेछ । ‘वीपीले धरानको लागि १०, १५ वटा बेड दिने भन्ने थियो, तर बेड पाउनै समस्या भएकोले उपमहानगर आफैले व्यवस्थापन गर्नुपर्ने भयो,’मेयर राईले भने,‘वीपीका पदाधिकारीहरु गैरजिम्मेवार भए । जुन क्षमताको बेड हुनुपर्ने थियो, त्यो पाइएको छैन । ’ धरानमा प्रकोपको माहामारी भईरहदा भि.सि र रष्जिट्रर काठमाण्डौं गएको मेयर राईको भनाई छ । वीपी प्रष्ठिानलाई बारम्बार आग्रह र अनुरोध गरेता पनि प्रष्ठिानका पदाधिकारीले बेवास्ता गरेर काठमाण्डौं गएको उनले बताए ।

मेयर राईका अनुसार पिसिआर पोजेटिभ भएपनि लक्षण नभएकाहरुलाई मात्र हरियाली आवास गृहमा राखिनेछ । आइसोलेसन तयारीको लागि सिसि क्यामेरा, सुरक्षा, स्वास्थ्य, वाइफाई, मनोवैज्ञानिक चिकित्सक र राम्रो खानपिनको सुविधा व्यवस्था गर्ने मेयर राईले बताए । यो भन्दा अगाडी पनि हरियाली सामुदायिक वनमा करेन्टाईनमा राख्ने छलफल गरेको हुनाले अहिले १५ बेडको आईसोलेसन बनाउन लागेको मेयरले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button