अर्थ खबरसमाचारहेडलार्इन

अवैध लागुऔषधसहित २ जना पक्राउ

विराटनगर,

मोरङको विराटनगरमा कारमा सवार दुई व्यक्ति अवैध लागुअ‍ैषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार चालक इटहरी उपमहानगरपािलका २ बरगछाीका ३२ वर्षीय अमित लिम्बु र सवार २७ वर्षीय हेमराज बस्नेत रहेका छन् ।

उनीहरुलाई आईतबार दिउँसो बा २ च ६१११ नम्बरको कारमा सवार रहेको अवस्थामा जिल्ला प्रहरी कार्यलयबाट खदिटएको प्रहरी टोली पक्राउ गरेको हो । लागुऔषध ब्युरो विराटनगरको टोलीले कार चेकजाँच गर्ने क्रममा मोविलको गिलेनमा डाईलेक्स डिसि जस्तो देखिने तरल पदार्थ १ गिलेन फेला परेको थियो भने कार चालक लिम्बुको साथबाट नाइट्रोभेट १० लेखिएको २४ ट्याब्लेट र स्पास्मोप्रोक्सिभन ८ चक्की फेला परेको प्रहरीले जनाएको छ । लिम्बु र बस्नेत दुवैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close