खेलकुदसमाचारस्थानीय

वास्केटवल प्रतियोगिता डिपो, हात्तिसार, विष्णु, सियोन, विकेभिएम र महेन्द्र सेमीफाइनल प्रवेश

धरान
सुनसरीको धरानमा जारी वराह गुरुप बास्केटवल प्रतियोगितामा डिपो क्यम्पस महिला र पुरुष, सियोन स्कुल महिला र पुरुष, महेन्द्र क्याम्पस र विकेभिएम विराटनगर सेमिफाइनल प्रवेश गरेका छन् ।


मंगलवार भएको खेलमा पुरुषतर्फ डिपो क्याम्पसले धरान आदर्श कलेजलाई ३०–१०, सियोन स्कुलले हातिसार स्कुललाई ३२–३१, महेन्द्र कलेजले मेघा कलेजलाई २१–२२ र विकेभिएमले विष्णु मेमोरियलाई ४१ – १३ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
महिला तर्फको खेलमा डिपो स्कुलले विकेभिएमलाई २३ – १० अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगितामा बुधवारदेखि सेमीफाइनल खेल शुरु हुनेछ । पुरुष तर्फ सियोन स्कुल र डिपो क्याम्पस, महेन्द्र कलेज र विकेभिएम बीच सेमीफाइनल खेल हुनेछ । महिला तर्फ केन्द्रीय प्रविधि क्याम्पस र विष्णु, डिपो र सियोन बीच प्रतिस्पर्धा हुने बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close