समाचारस्थानीयहेडलार्इन

सांघातिक आक्रमण गरी तीन जनालाई घाइते बनाउने युवाहरु पक्राऊ

धरान

सांघातिक आक्रमण गरी ३ जनालाई घाइते बनाउने युवाहरु पक्राउ परेका छन् । उनीहरुलाई पक्राउपछि सार्वजनिक गरिएकोे जनाएको हो । माओवादी केन्द्रका सचिव सुदर्शन श्रेष्ठ र अन्य दुईजना कामदार पचु उराव र आच्छेलाल उरावमाथि आक्रमण गरी घाइते बनाउने युवालाई सार्वजनिक गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । घाईते युवाहरु माथि बिहिबार साँझ आक्रमण भएको थियो ।


पक्राउ पर्नेमा धरान–११ बस्ने २८ वर्षीये सुजन तामाङ, २६ वर्षीय प्रदीप तामाङ, र २० वर्षीय समिर तामाङ रहेका छन् । उनीहरुको समूहले हातमा घरेलु हातहतियार समेत बोकी धरान–११ बस्ने वर्ष ३५ को सुदर्शनको घरमा प्रवेश गरी सुर्शन श्रेष्ठ, निजको बुबा वर्ष ६५ को कुलबहादुर प्रधान, दिदी ४४ वर्षीया गोमा श्रेष्ठ तथा छिमेकी ७० वर्षीया पार्वती राई समेतलाई घरेलु हातहतियार प्रहार गरी सांघातिक आक्रमण गरी सख्त घाइते बनाएको प्रहरी उपरिक्षक बस्नेतले जानकारी दिए ।


उनीहरुलाई तत्काल नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । धरान–११ मा बन्दै गरेको सहरी स्वास्थ्य केन्द्रको भवन निर्माणस्थलमा आक्रमण भएको हो । शुरुमा तीन चार जना युवा आएर ‘भैया’ शब्द प्रयोग प्रयोग गर्दै जिस्क्याएपछि झगडा भएको र ती युवाले आक्रमण गर्न थालेको स्थानीयबासीहरु बताउँछन् । सो भवन धरान–११ सिर्जना मार्गमा निर्माणाधीन अवस्थामा रहेको छ । आक्रमण छुट्याउन पुगेका सचिव श्रेष्ठ घर फर्किएपछि घरमै पुगेर पुन निर्घात कुटपिट गरिएको पिडित बताउँछन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close