समाचारसमाजस्थानीय

धरानमा लागूऔषधसहित युवा पक्राउ

धरान,

लागुऔषधसहित पक्राउ परेका युवालाई धरानः इलाका प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरान–१५ बस्ने २३ वर्षीय मिलन राई रहेका छन् । विशेष सूचनाको आधारमा उनी पक्राउ परेको प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
खोटाङ दिपुङ गाउँपालिका–४ घर भई हाल धरान–१५ ज्ञान चर्चमार्ग डेरा गरेर बस्दै आएका राईलाई खैरो हिरोइन ब्राउनसुगरजस्तो देखिने धुलोसहित समातेको प्रहरीले जनाएको छ ।


डेरा कोठाभित्र उत्तर भागमा रहेको शिशाको टेबल माथि लुकाइ राखेको अवस्थामा लागूऔषध खैरो हेरोइन ९०० सय मिलीग्राम समेत फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बस्नेतले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close