राजनीतिसमाचारहेडलार्इन

प्रदेश १ का आङ्बुहाङको सांसद पद खोसियो

प्रदेश १ का आङ्बुहाङको सांसद पद खोसियो
विराटनगर,
माओवादी केन्द्रबाट निर्वाचित प्रदेश १ का प्रदेश सभा सदस्य टंक आङ्बुहाङलाई सांसद पदबाट मुक्त गर्ने निर्णय भएको छ । आङ्वुहाङ माओवादी पार्टी छाडेर एमाले प्रवेश गर्दै प्रदेश मन्त्री समेत बनेका थिए । यसअघि माओवादी केन्द्रले पार्टी त्याग गरेको भन्ने विषयमा स्पष्टीकरण मागेको थियो । उनले समयभित्र स्पष्टीकरण नदिएपछि पार्टीले कारबाही गरेको हो । माओवादी केन्द्र प्रदेश नं १ प्रदेश सभा संसदीय दलको सिफारिसमा आङ्वुहाङलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका हुन् ।

गत चैत १३ गते आङ्बुहाङ प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । सांसद पद छाडेर मन्त्री बनेपछि पार्टीले उनलाई कारवाही गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । उनले आङ्बुहाङलाई कारवाही गरेको पत्र प्रदेश संसद सचिवालयमा सोमबार दर्ता भएको जानकारी दिए । उनलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close