अर्थ खबरस्थानीयहेडलार्इन

खानेपानी नदिएको भन्दै नागरिक समाज आन्दोलित,स्थानीय सरकार खानेपानी समस्याको समाधान गर्न भन्दै रातारात मर्मत (भिडियो सहित)

धरान
धरानमा खानेपानी नदिएको भन्दै नागरिक समाज र स्थानीवासीले दिनहुँ जसो आन्दोलन गरीरहेका छन् । यता नेपाल खानेपानी संस्थान धरान खानेपानी व्यवस्थापन बोर्डमा समायोजना भएपछि स्थानीय सरकारले धरानवासीलाई खानेपानी सहज बनाउन भन्दै रातारात मर्मतको काम अघि बढाईरहेका छन् । धरान उपमहानगरपालिकाले खानेपानी संस्थानको जिम्मा लिएको महिना बढी भइसकेको छ । साविक खानेपानी संस्थानको संरचनाहरु अधिकांश जिर्ण अवस्थामा रहेको नेपाल खानेपानी बोर्डको भनाई छ । संस्थानको अधिकांश मेशिनरी सामाग्री लगायत पाइपहरु जिर्ण भएकै कारण धरानमा खानेपानी वितरणमा समस्या आएको हो । संस्थानको जिम्मा पाएपछि धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवं नगर प्रमुख तिलक राईको निर्देशनमा अहिले रातारात मर्मको काम भईरहेको छ । सोमबार राति पनि नगर प्रमुख राई चारकोशे जंगलमा मर्मत हुदै गरेको पम्प हाउसको अवलोकण तथा निरिक्षण गर्न पुगेका थिए ।


‘धरानमा पानीको समस्या छ । हामी धरानेहरुलाई थाहाँ छ । त्यहि कारण पनि समस्यालाई हटाउनका लागि आयोजना आएको हो । आयोजनाले नेपाल खानेपानी संस्थानको हस्तान्तरण भएर अहिले संरचनाहरु जिम्मा लिएको छ ।’ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलले बताए । ‘बोर्डले जिम्मा लिइसकेपछि खानेपानी सहज हुनुपर्ने धराने जनतालाई लाग्नु स्वभाविक हो । तर, त्यो लिइसकेपछि त्यसमा भएको कमि कमजोरी सुधार गर्न, बनाउन ज्यादै ठूलो समय लागिरहेकोछ’ पोखरेलले भने । ‘चारकोशे जंगलमा संस्थानको चार वटा पम्प हाउस छन् । त्यस मध्ये ३ नं. र ८ नं. पम्प हाउस बिग्रिएको अवस्थामा थियो । बिग्रिएका कारण पानी उत्पादन हुँदैनथ्यो । ३ नं. पम्प केहीदिन अघि मात्र दुईदिन लगाएर बनाईसकेका छौं ।’ निर्देशक पोखरेलले जानकारी दिए ।


‘धरानमा हिजोअस्तिको भन्दा पानीको अलिक सहज हुने छ । तर, पूर्ण रुपमा पानीको समस्या अहिले नै समाधान हुने स्थीती छैन, आयोजनामा खानेपानी संस्थान मर्ज भइसकेपछि ९ महिनाको अवधि चाँहि मेनटेन गर्ने र अपरेशन गर्ने समय हो’ कार्यकारी निर्देशक पोखरेलले भने । ‘साविक संस्थानको विभिन्न स्थानमा पाइप फुटेर पानी चुहावट भइरहेकोछ । चुहावट कै कारण रिजर्भ ट्यांकीमा पानी तान्न समेत समस्या भएको थियो । संस्थान धरान खानेपानी व्यवस्थापन बोर्डमा समायोजन भएपछि स्थानीय सरकार र खानेपानी बोर्डका हामी सबै कर्मचारीहरु दिनरात लागिरहेकाछौं हामी यही धरानको कर्मचारी हौं कही जादैनौं धरानवासीलाई खानेपानीको सहज गराउन लागीपरेकाछौं धरानवासीका लागि एक दिन सुनौलो दिन आउनेछ हामीलाई काम गर्ने समय मात्र लागेको हो ’। ढिलोचाडो धरानवासीमा खानेपानीको समस्या हट्छ । निर्देशक पोखरेलले कोशीपोष्ट डटकम संगको कुराकानीमा भने ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close