राजनीतिसमाचारस्थानीय

नाबालिकलाई जर्बजस्ती गरेको आरोपमा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष पक्राउ

धरान
होटलमा लगी नाबालिकालाई जर्बजस्ती करणीको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव धरानको डुकु होटलबाट जर्बजस्ती करणीको आरोपमा पक्राउ परेको हो ।


कोशी राजमार्गको धरान भेडेटार सडक खण्डमा रहेको डुकु होटलबाट गाउँपालिका अध्यक्ष यादव बुधबार (आज) साँझ पक्राउ परेका हुन् । अक्ष्धक्षले १७ वर्षीया नाबालिकालाई होटलमा लगेर जर्बजस्ती गरेको आरोप छ । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बस्नेतले अध्यक्ष यादव पक्राउ परेको पुष्टि गर्दै थप अनुसन्धान हुने बताए ।


उपरिक्षक बस्नेतका अनुसार १७ वर्षीया नाबालिका संखुवासभा घर भएकी हुन् । उनीसँग यादवको इटहरीमा भेट भएर होटलमा लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । १७ वर्षकी केटी छिन, जर्बजस्ती भएको वयान दिएकी छिन,प्रहरी उपरिक्षक बस्नेतले भने,ुनियन्त्रणमा लिएका छौं, यसबारेमा अनुसन्धान हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close