धर्म संस्कृतिसमाचारस्थानीय

कठैबरी शिर्षकको पालाम २०७८ सार्वजनिक हुदै

धरान
कठैबरी शिर्षकको पालाम २०७८ सार्वजनिक हुने भएको छ । डिबि जबेगु र नन्दमाया थक्लुङको स्वरमा कठैबरी शिर्षक रहेको पालाम २०७८ यहि बैशाख २० गते सार्वजनिक हुने भएको हो ।


बिष्णु मोक्तानको निर्देशनमा निर्मित कठैबरी पालाम आउन लागेको कलाकार प्रदिप नयोङले जानकारी दिए । पालाममा नन्दमाया थक्लुङ्को रचना र शब्द चयन डिबि जबेगुले गरेका छन् । पुर्ण कुमारी पाङ्मा र धन प्रसाद साँबाले गाउन सहयोगी भुमिका निभाएका छ्न ।


कठैबरी पालामको भिडियो मेन्छ्यायेम दर्पण युट्युब च्यानल बाट हेर्न सकिने छ । धनमाया पाङ्माको बिशेष पहलमा निर्माण गरिएको सास्कृतिक भिडियोमा कलाकारहरु डिबि जबेगु, मदन वनेम , बिनु तुम्बाहाङ्फे, नन्द माया थक्लुङ , टार कान्छा जबेगु , चन्द्र हुक्पाचोङ्वाङ , , बिष्णु कुमारी आङ्बुहाङ, तिर्थ मादेम्बा,सानू थक्लुङ , प्रदिप नयोङ, धनकुमारी पाङ्मा , मिना मादेम्मा, राजेश इवाहाङ, पुर्ण कुमारी पाङ्मा , निस्चल राई रहेको छ । फेदापे भाकामा रहेको पालाम लिम्बुहरुमा निक्कै चर्चित र पुरानो मानिन्छ ।


गायक तथा चलचित्रकर्मी डिबि लिम्बू भन्छन पछिल्लो समय लिम्बुहरुको पालाम धान नाचलाई रचनात्मक र ऐतिहासिकता झल्काउने गरी रुपान्तरण गरिदै लगिएको छ । भिडियो छयाङ्कन तथा इडिटिङमा सिरकुमार राईले गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close