समाचारसूचना प्रबिधिस्थानीयहेडलार्इन

सुनसरीमा निषेधाज्ञाको समय १५ दिन थपियो, खाद्यान्न र तरकारी पसलसमेत बन्द रहने

धरान,
सुनसरीमा निषेधाज्ञाको समय १५ थपिएको छ । बैशाख ३१ गते मध्यरातीदेखि जेठ १५ गतेसम्म निषेधाज्ञा थपिएको हो । कोरोना भाइरसको संक्रमित थपिदै गएकाले विषेधाज्ञालाई कडाई गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनएको छ ।


बैशाख ३१ गते राती १२ बजेदेखि थप गरिएको निषेधाज्ञाको अवधिमा औषधी खरिद र उपचारको लागि बाहेक घरबाट बाहिर निस्कन पाइनेछैन भने यो अवधिमा खाद्यान्न, तरकारी, फलफुल, डेरी तथा मासुजन्य पसलहरुसमेत पुर्णरुपमा बन्द गरिने निर्णय गरिएको जिल्ला प्रशासनले जनाएको छ । औषधी र स्वास्थ्य सामग्री तथा इन्धन व्यवसाय सम्बन्धी पेट्रोल पम्प र एलपी ग्याँस मात्र मात्र खोल्न पाइनेछ । तर होटल तथा रेष्टुरेष्टहरु भने पुर्णरुपमा बन्द जिल्ला प्रशासन सुनसरीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close