समाचारस्वास्थ्यहेडलार्इन

नेपालमा एकैदिन २१४ जना संक्रमितको मृत्यु , ८ हजार बढी संक्रमित थपिए

काठमाण्डौं,

नेपालमा एकैदिन २ सय १४ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घन्टामा २० हजार २ सय ४५ जनाले परीक्षण गराएका थिए । त्यसमध्ये ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको हो । योसंगै नेपालमा सक्रिय कोरोनाका बिरामी १ लाख ५ हजार २ सय ७ जना पुगेका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ८७ वटा प्रयोगशालाबाट १९ हजार ४ सय ७४ पीसीआर र ७ सय ७१ एन्टिजेन परीक्षणमा थप ८ हजार ९ सय ६० जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ४ सय ६६ जना पुगेको छ ।


पछिल्लो २४ घण्टामा थप ५ हजार ५५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण भाइरसलाई ३ लाख १२ हजार ५ सय १८ जनाले जितेर घर फर्केका छन् । सबै भन्दा बढी काठमाडौं उपत्यकाका ३ जिल्लामा सक्रिय संक्रमितको संख्य सर्वाधिक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


काठमाडौं उपत्यकामा बिहिबार ३ हजार ५ सय ६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लोे २४ घण्टामा उपत्यकामा मात्रै थप ३ हजार ५ सय ६२ संक्रमित थपिएका हुन्। । त्यसमध्ये काठमाडौं जिल्लामा २ हजार ७ सय ३३, भक्तपुरमा ३ सय ४८ र ललितपुरमा ४ सय ८१ जना संक्रमित थपिएका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close