अर्थ खबरसमाचारहेडलार्इन

कृति बचत तथा ऋण सहकारी संस्थाद्धारा सुरक्षाकर्मीलाई ३० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

धरान,
कृति बचत तथा ऋण सहकारी संस्थाद्धारा सुरक्षाकर्मीलाई ३० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । धरान उपमहानगरपालिका भित्र रहेका ६ वटा वडा प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयलाई सेनेटाईजर,मास्क र,फेस क्लिप्स हस्तान्तरण गरेको सामजिक अभियान्ता मिङमा भोटेले जानकारी दिए ।

धरान ईलाका प्रहरी कार्यालय सहित अस्थाई प्रहरी चौकी पानाबारी ,अस्थाई प्रहरी चौकी विजयपुर, अस्थाई प्रहरी चौकी देउराली ,अस्थाई पहरी चौकी श्यामचोक,अस्थाई प्रहरी चौकी रेलवे धरान १७ र भानुचोकमा रहेको वडा प्रहरी कार्यालयलाई ३० हजार बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।


अहिलेको विषम परिस्थितिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई धेरै चुनौती रहेकाले हौसला स्वरुप स्वास्थ्य सामाग्री वितरण गरेको सहकारीका अध्यक्ष सुमन श्रेष्ठले बताए । ‘यो विषम परिस्थितिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले आफ्नो ज्यानको बाजी लगाएर जनताको काम गरीरहेका छन्,त्यसैको फलस्वरूप हामीले हाम्रो तर्फबाट सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हौंँ ’ अक्ष्यक्ष श्रेष्ठले भने ।

‘यो माहामारीको बेला सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले जनताका लागि काम गरीरहेका हुँदा उनीहरुलाई जो जस्ले जहाँ भेटेपनि प्रोत्साहनका लागि हामीले धन्यवाद दिनु पर्छ ’ अध्यक्ष श्रेष्ठको भनाई छ । सहकारीका अध्यक्ष सुमन श्रेष्ठ, उपाध्यक्ष कुशल श्रेष्ठ ,सदस्य दिपेन लिम्बु युवा नेता फोकाहाङ्ग सुब्बा (चोत्लुङ,) र सामाजिक अभियान्ता मिङमा भोटेको उपस्थितिमा स्वास्थ्य सामाग्रगी वितरण गरिएको हो । संक्रमितको संख्या बढीरहेको बेला आफ्न्त साथीभाई र छरछिमेकलाई आ –आफ्नो ठाउँबाट सकेको सहयोग गर्नु पर्ने अवस्था आएकोछ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close