धर्म संस्कृतिसमाचारहेडलार्इन

सास्कृतिक तथा ऐतिहासिक स्थल हटाएको भन्दै लिम्बु विद्यार्थीद्धारा वक्तब्य

धरान
नेपाल सरकारले सास्कृतिक तथा ऐतिहासिक स्थल तथा क्षेत्रहरुलाई हटाउने, भत्काउने र ऐतिहासिक नामहरुलाई परिवर्तन गरेको भन्दै लिम्बु विद्यार्थीद्धारा वक्तब्य निकालेको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रम अन्तर्गतको बजेट २०७८÷०७९ सार्वजनिक गर्ने क्रममा विकासको उपनाम दिएर विभिन्न सास्कृतिक तथा ऐतिहासिक स्थल तथा क्षेत्रहरुलाई हटाउने,भत्काउने र ऐतिहासिक नामहरुलाई परिवर्तन गरी नयाँ नाम राख्ने पण्डितीय कार्य गरेको प्रति लिम्बु विद्यार्थी मञ्चको गम्भीर ध्यानाकर्षण भएको वक्तब्यमा उल्लेख गरिएको छ ।


२०७८ जेष्ट १५ गते घोषणा भएको बजेट वक्तव्यको पेज नम्बर ७७ को बुंदा नम्बर ३५६ भित्र “सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल र चुहानडाँडा विमानस्थललाई आङ्छिरिङ शेर्पा विमानस्थल नामाकरण गरिनेछ” भनिएको छ त्यसैगरि पेज नम्बर ६७ को बुंदा नम्बर ३०४ भित्र “कोशी नदीको चतरा देखि भोजपुर सम्मको जल यातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाईनेछ” भनिएको छ । यसरी छापामार सैलिमा विमानस्थलहरुको नाम परिवर्तन सगै किरातीहरुको आस्थाको धरोहर खुवालुङ हटाउने निणर्य पनि सोहि सैलिमा वजेट वक्तव्य भित्र जबर्जस्त रुपमा घुसाईएको प्रति लिवि मञ्च खेद प्रकट गर्दछ । स्थानिय र सम्बन्धित सरोकारवलाहरुसँग सामान्य राय सल्लाह सम्म नगरि मनोमानि रुपमा विभिन्न योजनाहरु ल्याउने वर्तमान सरकारको जुन प्रकारको कार्य छ यस्ले धार्मिक, सामाजिक एवं जातिय सद्भाव, सहिष्णुता र मानवीय संबेदनालाई भयंकर संकटमा पार्ने निश्चितै देखिन्छ, वक्तब्यमा लेखिएको छ ।


ऐतिहासिक तथा सास्कृतिक स्थलहरु माथि हुने कुनैपनि प्रकारको आक्रमण तथा अतिक्रमण विरुद्ध लिम्बु विद्यार्थी मञ्च सधैं लडिरहेको अवगत गराउदै, आर्थिक वर्ष २०७८÷०७९ को बजेट वक्तब्यमा समाबेस गरेको माथि उल्लेखित बुंदाहरु यथाशिघ्र संसोधन गर्न लिम्बु विद्यार्थी मञ्च यसै प्रेस वक्तव्य मार्फत नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । वक्तब्यमा भनिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close