राजनीतिशिक्षासमाचारहेडलार्इन

विद्यार्थी संगठनद्धारा पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता लिन माग,फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

[mashshare]

काठमाण्डौं,koshipost.com

विद्यार्थी संगठनद्धारा पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता लिन माग राखी निगमलाई ज्ञापन पत्र बुझाएका छन् । ५ विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मुल्यबुद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको हो । लकडाउनले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको पीडादायी अवस्था भएकाले नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) ले निगमलाई ज्ञापनपत्र बुझाएको हुन् ।


ज्ञापन पत्रमा मूल्यवृद्धिको तत्काल खारेजीसहित सात बुँदे माग अघि सारिएको छ । जसमा नाफा सञ्चित गरी मुल्यबुद्धि उपभोक्ताको थाप्लोमा हाल्ने प्रवृत्ति बन्द गर्न, पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा असुल्दै आएको करको दायरा घटाइ जनतालाई सहुलियत दरमा उपलब्ध गराउन, खर्च हुन नसकेका अनुचित शीर्षकमा थप रकम जम्मा गर्दै नागरिकमा थप व्ययभार लगाउने काम बन्द गर्न, निगमको अनावश्यक खर्च कटौती गरी मुल्यबुद्धि नियन्त्रण गर्न र विद्यार्थीलाई परिचयपत्रको आधारमा सहुलियत दरमा एलपी ग्यास उपलब्ध गराउन माग गरिएको छ । पेट्रोलियम पदार्थको मुल्यबुद्धि तत्काल फिर्ता नलिए संयुक्त विद्यार्थी संगठनले कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button