धर्म संस्कृतिसमाचारहेडलार्इन

शिङ्साबा भोटे समाजमा पहिलो पटक आठौ अधिवेशनबाट महिला अध्यक्ष छोजुङ

धरान,koshipost.com

शिङ्सावा भोटे समाजको आठौं अधिवेशनबाट पहिलो पटक महिला अध्यक्ष छोजुङ भोटे अध्यक्ष पदमा निर्वाचित बनेकी छिन् । धरान र हिमाली शिङ्सावा भोटिया समाजको धरानमा भएको आठौं अधिवेशनबाट छोजुङ अध्यक्षमा निर्वाचित भएको हो । छोजुङ समाजको एतिहासिक पहिलो पटक महिला नेतृ अध्यक्ष पदमा चयन बनेकी हुन्


समाजको आठौ अधिवेशनल तथा १७ औ वार्षिक साधारण सभाले छजुङलाई अध्यक्षमा निर्वाचित गरेकोे छ । नेत्रुत्वको आलोपालो गर्ने सहमती नभएपछि अधिवेशनमा भोटद्धारा छोजुङ अध्यक्ष पदमा चयन बनेकी हुन् । अध्यक्ष पदका लागि चुङ्दाक भोटे र छोजुङ लामा भोटे २ जनाकोे उम्मेदवार परेको थियो । निर्वाचनबाट चुङ्दाक भोटे लाई ३ भोटले पछि पादै छोजुङ अध्यक्षमा चयन बनेकी थिइन् । अध्यक्षमा छोजुङ लामा भोटे त्यस्तै, उपाध्यक्षमा पान्देन लामा,सचिब अन्दि भोटे,सहसचिव नाम्जा भोटे र कोषाध्यक्षमा छेसाङ भोटे निर्वाचित भएका छन् । समाजको अन्य सदस्यहरु नयाँ निर्वाचित समितिले मनोनीत गर्ने निर्णय गरिएको छ ।


संखुवासभा जिल्लाको शिङ्सा क्षेत्र भोटखोलामा रहेका आदिवासी मुलबासीहरुले आफुलाई भोटे जाती परिचित गराउने उद्देश्यले शिङ्साबा भोटे समाज समुदायहरु बिगत २०६० सालबाट संगठित भएर धरानमा बसोबास गर्दै आएका छन् । आफ्नो पहिचान स्थापित गर्नका लागि शिङ्साबा समाज गठन गरिएको नेकपा माओवादी केन्द्र धरान ३ का वडासचिव युवा नेता मिङ््मा भोटेले जानकारी दिए । आफ्नो धर्म संस्कृतिलाई संक्षरण गर्ने उद्देश्यले सस्थाको स्थापना गरेको नेता भोटेले बताए ।


समुदाय संक्षरणका लागि ढटेर अघि बढ्ने नयाँ निर्वाचित छोजुङ भोटेले बताईन् । ‘संविधानमा उल्लेख गरिएको हक अधिकारलाई समेत राज्यले वेवास्ता गदै भोटे समुदायमा गरिने विवेदलाई निराकरण गर्ने लक्ष्य रहेको निर्वाचित अध्यक्ष भोटेको भनाई छ । भोटे समाजको संस्था धरान उपमहानगरपालिका धरान – १५ मा छ । उपमहानगरपालिकाले उपलब्ध गराएको ५ कठ्ठा जग्गामा अहिले समाजको सामुदायिक भवन तथा क्षाबेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बा समेत निर्माणाधीन भौरहेको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा ल्होमि शिङ्साबा भनेर सूचीकरण भएको समुदायको पहिचानमा बनिरहेको गुम्बा निर्माणमा प्रदेश सांसद उमिता बराईली मार्फत ७ लाख,प्रतिनिधि सांसद जयकुमार राईको निर्वाचन क्षेत्र बिकास कोषबाट १० लाख बजेट उपलब्ध भएपछि संरचना निर्माण भईरहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close