समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ १ नम्बर प्रदेशमा ३४८ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु


विराटनगर,koshipost.com


१ नम्बर प्रदेशमा ३४८ जनामा कोरोना पुष्टि भएको छ । ९ सय २९ जनाको पिसिआर परिक्षण गर्दा २ सय ६४ जनामा कोरोना पुष्टि भएको सामजिक विकास मन्त्रालयले जनाएको हो । यस्तै ४४० जनाको एन्टिजेनबाट परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९, सुनसरीमा ५५, पाँचथरमा १८, इलाममा ६, तेह्रथुममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको विकास मन्त्रालयले जनाएको छ ।


सुनसरीको इटहरीमा ४१, इनरुवा र बराहक्षेत्रमा ४–४, धरानमा ३, रामधुनीमा २ र दुहवीमा १ जना संक्रमण पुष्टि भएको छ भने पाँचथरको फिदिममा १४, फाल्गुनन्दमा २, हिलिहाङ र फालेलुङमा १–१, इलामको चुलाचुली र इलाम नगरपालिकामा २–२, सुर्योदय र माईमा १–१, तेह्रथुमको फेदापमा २, धनकुटाको पाख्रिबासमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


त्यस्तै, दमकमा ३२, विर्तामोडमा १९, शिवसताक्षीमा १०, कनकाईमा ७, कमल गाउँपालिकामा ६, मेचीनगर र अर्जुनधारामा ४–४, गौरादहमा ३, भद्रपुर र बुद्धशान्तिमा २–२, हल्दिबारी र झापा गाउँपालिकामा १–१ जना छन् । यस्तै, मोरङको विराटनगरमा ३९, सुन्दरहरैचामा २३, पथरीशनिश्चरेमा १५, उर्लाबारीमा ५, कटहरीमा २, सुनबर्षी, ग्रामथान, बुढीगंगा, रतुवामाई र बेलबारीमा १–१ जना छन् ।

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८९ महिला र १९३ पुरुष रहेका छन् । १ नम्बर प्रदेशमा यही समयमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button