खेलकुदसमाचारहेडलार्इन

धरानका खेलाडी प्रथम राष्ट्रि«य फुटसल प्रतियोगितामा भाग लिन पोखरा जादै


धरान,koshipost.com

धरानका खेलाडी प्रथम राष्ट्रिय फुटसल प्रतियोगितामा भाग लिन पोखरा जाने भएका छन् । दश लाख पुरस्कार राशी भएको प्रथम राष्ट्रि«य फुटसल प्रतियोगितामा भाग लिन धरानबाट खेलाडी जाने भएको हो । प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई धरानको बगरकोटका एक होटलमा आज पत्रकार सम्मेलन गरी विदाई गरिएको छ । सम्मेलनमा कार्यक्रममा प्रतियोगितामा जाने खेलाडीहरुलाई अग्रिम शुभकामना सहित विदाई गरिएको हो ।


आगमी असोज २ गतेबाट पोखरामा शुरु हुने फुटसल प्रतियोगितामा सहभागी हुन प्रदेश १ बाट धरानका खेलाडीहरु यहि भदौ २८ गते पोखरा जान लागेको द राइजिङ फुटबल क्लबले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । फुटशलमा प्रथम हुने टिमले १० लाख र दोस्रो हुने टिमले ५ लाख पुरस्कार पाउने सो खेलमा दास्रो हुनले पाँच लाख पाउने बताए । बिदाइ कार्यक्रम संयोजक तथा क्लबका म्यानेजर रबि राईले जानकारी दिए ।


प्रतियोगितामा सहभागी हुने खेलाडीहरु विगत ३ महिना अघि नै छनौट भएको क्लबका म्यानेजर राईले बताए । धराबाट १४ जना खेलाडी सहित १७ जना पोखरा सहभागीहरु पोखरा जान लागको राईले जानकारी दिए । असोज २ गतेबाट शुरु हुने सो खेल २२ गतेसम्म सञ्चालन गनेछ । लिगमा खेलाइने उक्त खेलमा देशभरबाट १० टिम सहभागी हुने प्रत्रकार सम्मेलनमा क्लबका म्यानेजर राईले जानकारी दिए ।


बिदाइ कार्यक्रम फिजिकल ट्रनिङ एसोसिएसनका अध्यक्ष पर्वत राईको प्रमूख आतिथ्यमा भएका थिए । प्रमूख राईले खेल सामूहिक रुपमा खेल्नपर्ने हुनाले कसैले गल्ती गरेमा पनि नरिसाइकन खेल्न सल्लाह दिए । यस्तै,बिदाइ कार्यत्रक्रममा विशेष अतिथि पाथिभरा टोल बिकास समितिका अध्यक्ष कुमार श्रेष्ठले खेलका लागि शारिरीक मानसिक रुपमा तन्दुरुस्त हुन आवश्यक भएको बताए । भुपु सेना समेत रहेका श्रेष्ठले आफू पनि भलिबलका खेलाडी रहेको बताउदै सफलताको शुभकामना दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close