खेलकुदसमाचारहेडलार्इन

धरानमा मितेरी फुटसल यही १० गते देखि हुदै

धरान,koshipost.com


सुनसरीको धरानमा मितेरी फुटसल प्रतियोगिता यही असोज १० गते देखि हुने भएको छ । प्रतियोगिता असोज १० गते देखि १२ गते सम्म संचालन हुने आयोजकले जनाएकोछ । मितेरी फुटसल र सिंगापुर लिफ टिमले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
यस प्रतियोगीमा विजेता हुनेलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित धरान ११ नवकला चौकमा रहेको मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा च्यारिटेवल सिंगापुर मितेरी फुटसल प्रतियोगिता हुने आयोजकको भनाई छ ।


मितेरी फुटसलले यस अघि पनि विभिन्न च्यारिटेवल प्रतियोगिताको आयोजना गदै आएको थियो । यस पटक देखि वृहत् कार्यक्रमको आयोजना शुरुवात गरिएको फुटसलका सञ्चालक एवं अध्यक्ष लुकेन्द्र राईले जानकारी दिए । प्रतियोगिताको उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै उत्कृष्ट खेलाडी, गोलकिपर र हाइ स्कोररले जनही नगद २ हजार ५ सय रुपैयाँ, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने बताइएको छ । प्रतियोगितामा धरान, इटहरी , काठमाडौँ, पोखरा, चितवन, मोरङ, झापा, धनकुटाबाट करिब ३० टिमको सहभागिता रहनेछ ।


प्रतियोगिताबाट संकलन भएको रकमले धरान १३ न.ं वडामा रहेको पेट्रोल पम्प देखि भेडेटार सम्मको ट्रनिङ्गहरुमा र धरान उपमहानगर भित्रका जोखिमयुक्त ट्रनिङ्ग तथा चौकहरू गरी ५० स्थानमा ट्राफिक मिरर (कन्भेक्स मिरर) लगाइने र धरानका पत्रकारहरूको पहलमा १७ न.ं वडाध्यक्ष मनोज भट्टराईको संयोजनमा धरान १७ बिजुवा मार्ग स्थित एकल महिला जानुका विकको घर निर्माणमा सहयोग गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।


आयोजक फुटसल २०७५ सालमा स्थापना भएको थियो । फुटसल सँगै इनडोर ब्याडमिन्टन हल, जिम हल रहेको छ भने क्याफे र स्विमिङ्गपुल बन्ने क्रममा रहेको छ । धरान उपमहानगरको खेलकुद विकासमा टेवा पुग्ने गरी मितेरी फुटसलले यस प्रतियोगीता संगै अन्य खेलकुद अन्तर्गत व्यवसायीक योजनाहरू समेत संचालन गर्ने फुटसलका सञ्चालक राईले जानकारी दिए ।

प्रतियोगितामा आयोजक मितेरी फुटसलको २ टिम र सिंगापुर लिफको २ टिमको सहभागिता रहनेछ । प्रतियोगिता प्रचार प्रसारको लागि पत्रकार सम्मेलन पहिलो कार्यक्रम रहेको र प्रचारको दोस्रो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरी टिम र पूर्व सिंगापुर पुलिस टिम बिच असोज ८ गते मैत्रीपूर्ण फुटसल खेलिने आयोजकले जनाएको छ ।


यस प्रतियोगीता संचालनका लागि अनुमानित १५ लाख रुपैयाँ खर्च हुने बताईएको छ । आगमी असोज ९ गते बिहान खेल तालिका तयार गरिने र १० गते बिहान ८ बजे देखि औपचारिक कार्यक्रम सहित प्रतियोगिता उद्घाटन हुनेछ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close