खेलकुदसमाचारहेडलार्इन

विष्णु सांस्कृतिक क्लबद्धारा आयोजित खसी कप, चिण्डेडाँडालाई उपाधि (भिडियो सहित)

धरान,koshipost.com

विष्णु सांस्कृतिक क्लबद्धारा आयोजित धरानमा तेस्रो खसी कप आयोजना भएको छ । धरान–२० सिरिसे खेल मैदानमा आयोजित प्रतियोगितामा चिन्डेडाँडा फुटबल क्लबले खसी कपको उपाधि हात पारेका छन् । विष्णु सांस्कृतिक युवा क्लब धरानको आयोजनामा प्रतियोगिता भएको हो ।
चिण्डेडाँडा फुटबल क्लब र भञ्ज्याङ फुटबल क्लब धरान–२० बीच भएको प्रतिस्पर्धामा दुई दुई गोल बराबरी गरेपछि ट्राइब्रेकरको सहायता लिइएको थियो । ट्राइब्रेकरमा ८–७ गोल अन्तरले चिन्डेडाँडाले उपाधि जितेको छ ।

उपाधिसँगै चिन्डेडाँडाले ५० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्र पाएको छ भने उपविजेता टिम भञ्ज्याङले ३० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्र पाएको थियो । प्रतियोगितामा धरानसहित धनकुटा साँगुरीगढी, बराहक्षेत्र, विष्णुपादुका, धरान–१७ पटनालीलगायत २३ टिमले सहभागिता जनाएको क्लबका अध्यक्ष विजय लामाले जानकारी दिए ।


धरान उपमहानगरपालिका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, धरान–२० वडाध्यक्ष मणिराम राई, माओवादी केन्द्रका नेता मुक्सामहाङ मेन्याङ्बोलगायतले विजेता र उपविजेता टिमलाई नगद,पुरस्कार, प्रमाणपत्र वितरण गरेका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close