खेलकुदसमाचारहेडलार्इन

धरान १ का वडाअध्यक्ष चढेको प्याराग्लाडीङ सप्तकोसीमा खस्यो


धरान,koshipost.com


धरान १ का वडाअध्यक्ष चढेको प्याराग्लाडीङ सप्तकोसीमा पुगेर खसेको छ । आज दिउसो आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर खसेको हो । प्याराग्लाडीङमा धरानका १ का वडाध्यक्ष रोशन अधिकारी घाइते, बीपीमा उपचार भईरहेका प्रहरीले जनाएको छ ।


प्याराग्लाडीङमा सवार धरान(१ निवासी ४८ वर्षीय रोशन अधिकारी रहेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । घाइते अधिकारी धरान १ का वडाध्यक्ष ह्न् । प्यारग्लाडीङ उडिरहेको बेलामा एक्कासि मौसममा खराबी आएको र हावा हुरी सँगै पानी परेकोले धरानमा अवतरण गर्न नसकेर उदयपुरको बेलका नगरपालिका(८ लाहुरे खोच नजिकैको सप्तकोसी नदीको किनारामा प्याराग्लाडीङ खसेको थियो ।

प्याराग्लाडीङमा सवार अधिकारीको उद्धार गरी अहिले उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । उनको ढाडमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । ढाडमा समस्या बाहेक अरू बाहिरी चोट भने नदेखिएको बताइएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close