राजनीतिसमाचारहेडलार्इन

प्रदेश १ का मुख्यमन्त्री राई र मन्त्रीले लिए सपथ (भिडियो सहित)

विराटनगर,koshipost.com

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्य मन्त्री राईलाई मङ्गलबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले शपथ ग्रहण गराएका हुन् । नेकपा एकीकृत समाजवादीका नेता राईलाई प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार आजै मुख्यमन्त्री नियुक्त गरेको हो ।


नवनियुक्त मुख्यमन्त्री राईले शपथ तथा गोपनीयता गहण गरेपछि ४ मन्त्री र १ राज्यमन्त्री सहित ६ सदस्यीय मन्त्रिपरिषद् आजै गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरूमा इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री, हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री, केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री र जयराम यादव सामाजिक विकास मन्त्री बनेका छन् ।


नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बनेका आङ्बो शेरधन राईको सरकारमा पनि आर्थिक मामिला मन्त्री थिए । कार्कीद्वय नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् । यादव जनता समाजवादी पार्टी (जसपा) बाट प्रत्यक्षतर्फबाट निर्वाचित सांसद हुन् । राज्यमन्त्री तुम्बाहाम्फे संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद हुन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close