राजनीतिसमाचारहेडलार्इन

माओवादी पाटी छाडेर एमालेमा प्रवेश गरेपछि दुई वडाध्यक्षको पद गयो

धनकुटा,koshipost.com


माओवादी पाटी छाडेर एमालेमा प्रवेश गरेपछि २ वडाध्यक्षको पद गएको छ । धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित २ वडाध्यक्षहरु नेकपा एमालेमा प्रवेश गरेपछि दुवैको निर्वाचित पद गएको हो ।

मुल पाटी नेकपा माओवादी केन्द्रले पाटीबाट निष्कासन गरेसँगै सो पाटीबाट निर्वाचित वडाध्यक्षहरुले पद गुमाएका हुन् । पद गुमाउनेहरुमा धनकुटा नगरपालिका ( बेलाहारा ९ का वडाअध्यक्ष मनोज रायमाझी (सन्दीप) र महालक्ष्मी नगरपालिका ३ का वडाअध्यक्ष भरत थापा रहेका छन् । नेकपा माओवादी केन्द्रले पाटीको विधानको धारा ५७ को अनुसार दुवै जनालाई पाटीबाट निष्कासन गरेको सो माओवादीका धनकुटा संयोजक ऋषिराम ढुङ्गानाले जानकारी दिए ।

उनका अनुसार पाटीबाट निष्कासन गरिएका जनप्रतिनिधिलाई पदबाट पनि हटाउन जिल्लाको सिफारिस प्रदेश समितिमार्फत केन्द्रमा पुगेपछि निर्वाचन आयोगलाई जानकारी गराइने र आयोगले उनीहरुको पद खारेज गर्ने कानुनी व्यवस्था रहेको छ । महालक्ष्मी नगरपालिका ३ का वडाध्यक्ष थापा गत कार्तिक ९ गते एमालेमा प्रवेश गरेको र धनकुटा ९ का वडाध्यक्ष पनि एमालेकै गतिविधिमा सक्रिय भएको पाइएकाले स्पष्टीकरणकोे मौका दिई नियमानुसार कारबाही गरिएको संयोजक ढुङ्गानाले बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close