धर्म संस्कृतिसमाचारहेडलार्इन

बराहक्षेत्रधामको मेलामा भक्तजनको घुइँचो,बढी भारतीय

बराक्षेत्र,koshipost.com


सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका स्थित प्रसिद्ध धाम बराहक्षेत्रधाममा लागेको मेलामा भक्तजनको बाक्लो उपस्थिति भएको छ । बराहक्षेत्रमा कार्तिके पूर्णिमा अर्थात् बराहक्षेत्र मेला लागेको हो । कार्तिक शुक्ल पूर्णिमाको दिन शुक्रबार धुमधामका साथ मेला लागेको छ । बिहीबारदेखि नै भारतको बिहारका भक्तजनको ओइरो लागेको बराहक्षेत्र मेला व्यवस्थापन समितिका अध्यक्ष भक्त श्रेष्ठले जानकारी दिए । ‘यस वर्ष भक्तजनको लर्को लाग्यो’, उनले भने, ‘बिहीबार रातिदेखि नै झापा, मोरङ, सुनसरीलगायतका जिल्लादेखि भारतको बिहारसम्मका भक्तजन आए, विशेषतः भारतका भक्तजन नै बढी आएको पाइयो’ अध्यक्ष श्रेष्ठले भने ।


कार्तिक पूर्णिमाका अवसरमा भारतबाट भक्तजन ओइरिन्छन् भने र मकर सङ्क्रान्तिका पहाडी समुदायका मानिसहरु मकर नुहाउन पुग्ने गरेका छन् । बराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्वपूर्ण र प्रख्यात तीर्थस्थल मानिन्छ । यहाँ शुक्रबार कोशीमा स्नान गर्ने भक्तजनहरूको ठूलो घुइँचो लाग्यो । बराहक्षेत्रमा सालैभर मानिसहरूको आवतजावत र जमघट हुने नै गर्दछ भने विशेषतः कार्तिक पूर्णिमा र मकर सङ्क्रान्तिमा विशेष भीड लाग्ने गर्दछ ।


शुक्रबार नै मेलाकै अवसरमा धरान उपमहानगरपालिकामा सार्वजानिक बिदा समेत दिएको थियो । ब्रह्मपुराण, बराहपुराण अनि स्कन्दपुराणमा समेत उल्लेख गरिएको सनातन संस्कारको बहुतै अलौकिक अनि प्राचीन थोरैमात्र धामहरुमा बराहक्षेत्र पनि पर्दछ । महाभारतमा समेत उल्लेख भएको यो पवित्रस्थल नेपालमा अवस्थित सबैभन्दा पुरानो, पवित्र र चर्चित देवस्थलमध्ये एक हो ।


सुनसरीको धरानबाट करिब २५ किमी पर रहेको यस धाम कोकाहा र कौसीका नदिको पवित्र सङ्गम भएको कारण पनि अलौकिक नै छ । बराह अर्थात् सुँगुर, भगवान विष्णुको सुँगुरको अवतार भएको यस ठाँउको अहिलेको मन्दिरको स्वरुप भनें विसं १९९१ सालमा निर्माण गरिएको हो र यस पुर्ननिर्माण जुद्ध शम्शेरको पहलमा गरिएको तथ्य छ । बराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यबराह, कोकाबराह र नागेश्वर लगायतका ९ वटा मन्दिर र धर्मशालाहरु छन् । यस तिर्थस्थलमा प्रन्ध सय पुराना मर्तिहरुको जानकारहरु बताउँछन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close