राजनीतिसमाचारहेडलार्इन

प्रदेश १ मा देउवा(सिटौलाको सफलताः सभापतिसहित पदाधिकारीमा बर्चश्व, पौडेल(कोइराला समुहको महामन्त्री मात्र


विराटनगर,koshipost.com


नेपाली कांग्रेस प्रदेश १ कार्यसमितिमा सभापतिसहित पदाधिकारीहरुमा संस्थापन(देउवा(सिटौला) समुहले बर्चश्व कायम गरेको छ । कुल ८ जना पदाधिकारीमा पौडेल(कोइराला समुहको एक जना महामन्त्रीले जित्न सफल भएका छन् ।

निर्वाचन मत परिणाम अनुसार सभापतिमा संस्थापनका उद्धव थापा विजयी भएका छन् । विराटनगरमा गए राती सम्पन्न निर्वाचनमा थापाले पौडेल कोइराला समुहका गुरुराज घिमिरेलाई २ मतान्तरले पराजित गरे । थापाले ८४४ मत पाएर विजयी हुँदा घिमिरेले ८४२ मत मात्र पाएका थिए । विजयी भएका थापा झापाका पुर्वसभापति हुन् भने पराजित घिमिरे कांग्रेस नेता शेखर कोइरालाको गृहजिल्ला मोरङका हुन् । उनी नेवि संघका पुर्वसभापति पनि हुन् ।

निर्वाचन मतपरिणाम अनुसार दुई उपसभपतिमा पनि थापा प्यानलका उम्मेदवार रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन् । रायमाझीले ८९१ र राईले ८४७ मत पाएका छन् । घिमिरे प्यानलका गोविन्दप्रसाद ढुंगाना ७६५ र विश्वनाथ रिजाल९त्रिचोलन० ६६९ मत पाएर पराजित भए । दुई महामन्त्री पदमा भने दुवै प्यानलका एक एक जना विजयी भएका छन् । घिमिरे प्यानलका उम्मेदवार उमेश थापा ८२३ मत ल्याएर विजयी हुँदा अर्को महामन्त्रीमा थापा प्यानलका भुपेन्द्र राई ८२४ मत ल्याएर विजयी भए ।

यस्तै, महिला सहमहामन्त्रीमा थापा प्यानलका प्रमिला गच्छदार ८३७ मत ल्याएर विजयी भइन् । उनीसँग घिमिरे प्यानलका सीता कार्कीले ७३३ मत ल्याएर असफल भनिन् । यस्तै, खुल्ला सहमहामन्त्रीमा थापा प्यानलका खड्ग फागो सर्वाधिक १०२६ मत ल्याएर विजयी हुँदा अर्को सहमहामन्त्रीमा सोही प्यानलका विनोद कुमार बस्नेत पनि ७४७ मत पाएर विजयी भएका छन् । घिमिरे प्यानलका रोहित कुमार साहले ६६५ र विरकाजी राईले ६४७ मात्र पाएर पराजित भए भने एक स्वतन्त्र उम्मेदवार शुभचन्द्र राईले ८४ मत मात्र पाए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button