Uncategorizedसमाचारसमाजहेडलार्इन

बैङ्किङ कसुर मुद्दामा फरार रहेका धरानका एक युवा पक्राउ


धरान,koshipost.com


बैङ्किङ कसुर मुद्दामा फरार रहेका धरानका १ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । बैङ्किङ कसुर मुद्दामा फरार प्रतिवादी सुनसरीको धरान उपमहानगरपालिका ३ का २८ वर्षीय केमन खड्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

बैङ्किङ कसुर मुद्दामा गत वैशाख १६ गते को सजाय निर्धारण फैसला आदेशले १ वर्ष ६ महिना कैद र ९ लाख ७४ हजार ४ सय जरिवाना भई असुल गर्न बाँकी रहेका खड्कीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआइटी समूह विराटनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा गाउँघरमै लुकिछिपी बसेको अवस्थामा आज दिउँसो पक्राउ गरेको छ । पक्राउ परेका खड्कीलाई आज जिल्ला अदालत सुनसरीमा दाखिला गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close