शिक्षासमाचारहेडलार्इन

धरानमा स्कुलको बस दुर्घटना हुदा १७ जना घाइते

[mashshare]

धरान,koshipost.com


सुनसरीको धरानमा स्कूल बस दुघटना हुदा १७ जना घाइते भएका छन् । धरान–१४ विजयपुरको आइडल स्कुलको बस दुर्घटना हुदा १७ जना घाइते भएको हो । को १ प ३३९९ नम्बरको स्कुल बस बिद्यार्थी पु¥याउन जानेक्रममा धरान –४ बसन्तटारमा साँझ ५ बजे दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानले जनाएको छ ।


सडकबाट अन्दाजी ३० फिट तल खसेर दुर्घटना हुँदा बस चालक धरान –१४ का ३५ वर्षीय नारायण मगर, सहचालक २८ वर्षीय विर्खवहादुर तामाङ सहित १५ जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ ।


घाइतेहरूको विजयपुर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । विद्यार्थी पु¥याएर फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको् छ । दुघटनामा परेका चालक लगायत सबैको अवस्था सामान्य रहेको आइडल स्कुलका प्रिन्सिपल सागर खडकाले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button