बृद्धबृद्धालाई लौरो टेकायो धरानका ३ ठुला राजनीति दललाई स्वतन्त्रको पावर देखायो , धरानमा ३० हजार मतगणना गर्दा हर्क साम्पाङले १४० मतले मेयर पदमा अग्रता बढायो

धरान,koshipost.com
धरानमा ३० हजार मतगणना हुँदा मेयर पदका लागि स्वतन्त्र उम्मेद्वारी दिएका हर्क साम्पाङले १४० मतान्तर अग्रता बढाएको छ । निर्वाचत अधिकृतको कार्यालयले मध्याह्न १२ बजेसम्म ३० हजार ४५९ मतगणना सकिदा साम्पाङ ८८१८ मत प्राप्त गरेर अग्रता कायम गरेको हो ।। उनलाई हिजो सम्म उनलाई पछि पार्ने गठबन्धनका मेयर पदमा उम्मेद्वारी दिएका नेपाली कांग्रेसका किशोर राईले ८६७८ मत प्राप्त गरेर १४० मतान्तरले पछि परेका छन् । त्यस्तै, नेकपा एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ७०६६ मत प्राप्त गरेर १७५२ मतले पछि परेकी छिन् ।
उपमेयरमा भने गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले ९७४५ मत प्राप्त गरेका छन् । एमालेका उम्मेद्वार पदम इस्वोले ९४०१ मत प्राप्त गरेका छन् । धरानको वडा १, २, ३, ४, ५, ६, ७, ९, १०, १८ र १९ को मतगणना सम्पन्न भइसकेको छ । अहिले वडा नं ८, ११ र १२ को मतगणना जारी छ । भने वडा नं २० को मतगणना स्थगित गरिएको छ ।