राजनीतिसमाचारहेडलार्इन

सत्ता गठबन्धनको बैठक आज दिउसो बस्दै, मन्त्री हेरफेरको तयारी

[mashshare]

काठामाण्डौं,koshipost.com

सत्ता गठबन्धनको बैठक आज बुधबार दिउसो बस्ने भएको छ । आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । नेपाली काँग्रेसका एक नेताका अनुसार केही मन्त्री हेरफेरका विषयमा छलफल गर्न बैठक बस्न लागेको बताईएको छ । बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । बैठकमा राष्ट्रिय जनमोर्चालाई बैठकमा बोलाइएको छैन ।


बजेट पारित भएपछि सत्ता गठबन्धन मन्त्री हेरफेरको तयारीमा जुटेको हो । एकीकृत समाजवादीले जेठ २२ मै आफ्नो सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको थियो । यस अघि नै नयाँ मन्त्रीका रुपमा नेताहरुको नाम समेत टुङ्ग्याइसकेको बुझिएको छ । यसले काँग्रेस, माओवादी र जसपामा पनि मन्त्री हेरफेरको दवाव बढेपछि शीर्ष नेताबीच आज छलफल हुन लागेको बताईएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button