मुख्य समाचारसमाचारहेडलार्इन

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत

काठमाडौं प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गरेपछि दुई तिहाई बहुमतका आधारमा प्रधानन्यायाधीशका लागि सिफारिश भएका प्रधानन्यायाधीशका लागि प्रस्तावित दीपकराज जोशीको नाम अस्वीकृत भएको हो । जोशीको पक्षमा एक भोट पनि खसेन ।

 इतिहासमै पहिलो पटक संसदीय सुनुवाइबाट प्रधानन्यायाधीश अनुमोदन हुनबाट वञ्चित भएका हो । संसदीय सुनुवाइ समितिले जोशीलार्इ अस्वीकार गरेको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले जोशीको नाम अस्वीकार गरेको हो । सामान्यतया सुनुवाइ समितिले सुनुवाइ समाप्त भएकै दिन त्यसबारे निर्णय गर्ने गरे पनि जोशीले केही एक हप्तासम्म पर्खनुपर्‍यो। अघिल्लो बिहीबार सकिएको सुनुवाइपछि भोलिपल्ट शुक्रबार बैठक बसेर निर्णय गर्ने भनिए पनि बैठक आइतबारका लागि सरेको थियो।

जोशीको अघिल्लो बिहीबार संसदीय सुनुवाइ भएको थियो । फेरि, सोमबारका लागि बैठक तोकिएको थियो। बैठक बुधबार पनि बस्यो। तर निष्कर्ष निस्किएन। अन्ततः शुक्रबारको बैठकले एक हप्तायताको अन्योललाई निष्कर्ष दिंदै जोशीलार्इ अस्वीकार गरेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button