मुख्य समाचारसमाचार

बँदेलले वर्षे बाली सखाप

सल्यान । खान लगाएको बाली नै बँदेलले सखाप पारे पछि किसानहरु के खाने यस्तै भएको छ । कतिपय जिल्लाहरुमा । जिल्लाका कतिपय स्थानममा बँदेलको बथानले वर्षेवाली नष्ट पारेपछि किसान चिन्तित बनेका हुन ।
वनगाड कुपिण्डे– ९ गिठाचौरका १४५ घरपरिवारले लगाएको धान, मकै, कोदोलगायतका बाली बँदेलले सखाप पारेकाले उनीहरूमा चिन्ता बढेको हो ।
“पहिले–पहिले बँदेल गाउँ बाहिरका टाढाका बारीमा मात्र आउने गर्थे, अहिले त गाउँमै आएर बालीनाली नष्ट पार्न थाले”, चिन्तित हँुदै उहाँले भन्नुभयो, “यस्तै हो भने अब गाउँ छाडेर जानुको विकल्प रहेन ।” वर्षभरि दुःख गरेको बालीनाली आँखै अगाडि बँदेलले तहसनहस पार्न थालेपछि परिवारको गर्जो टार्नसमेत समस्या हुन थालेको बोहराको भनाइ थियो ।

गाउँ नजिकै रहेको भगवती सामुदायिक वनबाट राति बँदेलको बथान आएर लगाएको बालीनाली सखाप पार्न थालेको छ । भर्खर लगाएको धान तथा मकै बालीमा बँदेलले गरेको उपद्रो देखेर मन थाम्न नसकिएको स्थानीय कृषक डिलबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो “बँदेलले दुःख दिन थालेपछि गाउँभन्दा टाढाका बारी तथा खेत बाँझै छन्, पहिले बँदेल गाउँमा पस्दैनथे विगत पाँच वर्षदेखि बँदेलेको बथान राति गाउँमै छिर्छ, रातभरि उपद्रो गरेर बिहान जंगल जान्छन्, जति गरे पनि नियन्त्रण गर्न सकिएन । त्यसै कारण गाउँ जतिबेला पनि विस्थापित हुनुपर्ने बाध्यता भएको छ ।”

गाउँमा सबै परिवारको बारी क्षति भएकाले बँदेल धपाउन रातभरि जाग्राम बस्छौँ तर कतिबेला कताबाट आएर छिर्छन् थाहै हुँदैन खेततिर गयो बारीमा आउँछन्, बारीतिर गयो खेतमा आउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button