मुख्य समाचारराजनीतिसमाचारहेडलार्इन

१० वर्षसम्म पुल निर्माण हुन सकेन

रोल्पा । रोल्पाको सदरमुकाम लिबाङ र पश्चिम भेगका ६ वटा गाउँपालिका जोड्ने माडीखोलामा गाडी गुड्ने पुल अझै निर्माण हुन सकेको छैन । निर्माण कार्य सुरु भएको १० वर्ष वितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
पुल निर्माणका लागि सडक डिभिजन कार्यालय प्यूठानले २०६५ सालमा टेन्डर आव्हान गरी लामा एण्ड धर्मेन्द्र जेभी कम्पनीलाई पुल निर्माणको जिम्मा दिएको हो तर ठेकेदारको लापरवाहीका कारण पुल निर्माण अलपत्र परेको छ ।
पुल निर्माण हुन नसकेपछि स्थानीयको माग अनुसार सडक डिभिजन कार्यालय प्यूठानले अस्थायी रुपमा बेलीब्रिजको व्यवस्था गरेता पनि बेलीब्रिजले दीर्घकालीन काम नगर्ने भन्दै स्थानीयले तत्काल पक्कीपुल निर्माण कार्य गर्नुपर्नेमा माग गरेका छन् ।
गृह मन्त्रालयले सडक, पुललगायतका योजना अलपत्र पार्ने निर्माण व्यवसायीको नाम पठाउन निर्देशन गरेको भए पनि जिल्ला प्रशासन कार्यालय रोल्पाले उक्त कम्पनीसँगको ठेक्का सम्झौता तोडी कालो सूचीमा राखिएको भनेर उक्त कम्पनीको नाम सिफारिस गरेको थिएन । ठेक्का सम्झौता तोडी अर्को टेण्डर खोल्ने भनिए पनि हालसम्म कुनै प्रक्रिया अघि बढ्न नसकेको भन्दै स्थानीयले भने तत्काल काम सुरु गर्नुपर्ने माग राखेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button