मुख्य समाचारराजनीतिसमाचारहेडलार्इन

अख्तियारद्वारा सिक्टा सिचाइ आयोजनामा भएको भ्रष्टाचार छानबिन गर्न अनुसन्धान टोली गठन

काठमाडौैैैं । देशमा व्यापक भ्रष्टाचार फैलिएको छ । चाहे यो ५० रुपैयाँदेखि ५० करोडसम्म किन नहोस् । दिनमा जति नै समाचार प्रकाशित भए पनि भ्रष्टाचारको जडो भने समाधान त के अलिकति आसलाग्दो निमूल समेत हुन सकेको छैन । यस्तै राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाइ आयोजनाको मूल नहर निर्माणमा पनि व्यापक अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन टोली गठन गरेर अघि बढाएको छ। आयोगले शुक्रबार सहसचिवको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समूह गठन गरेको हो ।

आयोजनाको मूल नहर प्रयोगमा नै नआई भत्किएपछि त्यसमा अनियमितता भएको आशंका गरिएको छ ।
अनुसन्धान समूहले स्थलगत अध्ययन समेत गर्ने गरी विस्तृत अनुसन्धानको कार्य अगाडि बढाइसकेको आयोगका प्रवक्ताले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button