अर्थ खबरमुख्य समाचारसमाचारसमाज

आगलागीमा ८ लाखको क्षति 

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको एक घरमा सोमबार बिहान भीषण आगलागीमा ८ लाख बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मटिहानी नगरपालिका–८ बस्ने विपीनकुमार लालकर्णको घरमा भएको आगलागीमा ८ लाख मूल्य बराबरको क्षति भएको  जनाइएको छ ।
बिहान करीब ३/४ बजे कर्णको घरमा विद्युत् सर्ट भई आगलागी भएको थियो भने आगलागीमा उनका घरभित्रका नगद, गरगहना, अन्न, लत्ता कपडा, भाडाकुँडा, टेलिभिजन, मोबाइलसहित रु आठ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button