अर्थ खबरमुख्य समाचारराजनीतिसमाचार

सिभिल बैंकले नाफा बढायो

काठमाडौं – सिभिल बैंक लिमिटेडले ८५ दशमलव २० प्रतिशतले नाफा बढाएको छ । बैंकले गएको आर्थिक वर्षमा ६४.५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । बैंकले आब ०७४।७५ को अडिट नभएको विवरण सार्वजनिक गर्दै यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८५.२० प्रतिशतले बढी भएको जानकारी दिएको छ ।

बैंकले गत आ.व.को तुलनामा निक्षेपमा १६.८८ प्रतिशतले बृद्धि गरी ४० अर्ब १ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जा प्रवाह अघिल्लो आ.व.को तुलनामा ३३.७१ प्रतिशतले बृद्धि गरी ३९ अर्ब ४६ करोड रुपैयाँ भएको छ । बैंकको खराब कर्जा अनुपात पनि ३.९८ प्रतिशतबाट घटेर २.६५ प्रतिशत भएको छ ।

बैंकले गत आ.व.को तुलनामा कर्जा प्रवाहमा गरेको बृद्धि रकम ९ अर्व ९४ करोड तथा खुद मुनाफामा गरेको बृद्धि रकम २९ करोड ६७ लाख रुपैयाँ छ । आ.व. २०७४/७५को मसान्तसम्म दुईलाख ५० हजारभन्दा बढी ग्राहक रहेको सिभिल बैंकको कुल शाखा संख्या ६८ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button