समाचारसमाज

३ महिनासम्म बन्ध बनाएर यि अपराधीले भारतमा गरे नेपाली चेलीलाई पटक पटक बलात्कार

काठमाडौं । धनुषाको बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्किंदै दिइन्। दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए। अकस्मात उनीहरुको अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो।बहिनी डराएर घरतिर भाग्न सफल भइन्। ‘मेरो नाकमा नशालु पदार्थ सुँघाएर बेहोस बनायो।

आँखामा कालोपट्टी बाँधी अपहरण गर्यो,’ पीडित किशोरीले भनिन्, ‘हातखुट्टा डोरीले बाँधिदियो। एउटा सुई लगाइदियो। त्यसपछि के भयो थाहा छैन।’अनि त्यो समूहले उनलाई रातारात भारतको मझपरपुर पुर्यायो। किशोरीलाई तीन महिनासम्म बन्धक बनाइयो र उनीमाथि सामुहिक बलात्कार भयो। किशोरीको हातखुट्टामा दाम्लोले बाँधेको डाम छ।

शरीरभर पोलेका फोका छन्। कुटपिटको निलडाम छ।‘घरमा बन्धक बनाएर राखे, रड र लठ्ठीले कुटे,’ पीडित किशोरीले भनिन्, ‘हातखुट्टा बाँधेर सुई लगाइदिन्थ्यो अनि बेहोस बनाएर राख्थ्यो।’ जेठ ५ गते उनी पानीहरुको चंगुलबाट भागेर जनकपुर आउन सफल भइन्। अहिले उनी जनकपुर अञ्चल अस्पतालमा उपचार गराईरहेकी छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button