अन्तरर्वार्तामनाेरञ्जन

नायिका नम्रता श्रेष्ठले धरानवासीलाई विवाहमा …………

नायिका नम्रता श्रेष्ठले धरानवासीलाई आफ्नो विवाहमा डाक्ने भएकी छिन् । जाईरा चलचित्रको प्रचार प्रसार गर्ने क्रममा आफ्नो जन्म थलो धरान आएकी समय अन्तरवार्ता दिने क्रममा ठठ्टा गदै धरानवासीलाई विवाहमा डाक्ने कुरा गरेपनि अहिले सम्म विवाहको तयारी नभएको उनले बताईन् ।

श्रेष्ठले मुख्य अभिनय गरेकी नेपाली चलचित्र जाइरा यहि भाद्र ६ गते बाट नेपालभरीका हलमा लाग्दैछ । नेपाली नायिका मध्ये सबैभन्दा महङ्गी नायिका पनि श्रेष्ठलाई भन्ने गरिएको छ ।

नेशनल अर्वाड विजेता श्रेष्ठले सबैभन्दा बढी १० लाख सम्म पारिश्रमिक लिएकी छिन् ।  उनी सन १९८५ जुन १४ मा सुनसरी जिल्लाको धरानमा जन्मिएको हो ।

श्रेष्ठले नेपाली चलचित्र सानो संसार, मेरो एउटा साथी छ, छड्के लगायतका दजनौं चलचित्रमा अभिनय गरीसकेकी छिन् । उनी नेपाली चलचित्र जगतमा प्रवेश गर्नु अघि मोडलिङ तथा थिएटरमा लागेकी थिइन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button