
दिल बहादुर राई
धरानका युवाहरु युवा बचाऊ अभियानमा जुटेका छन् । युवा भोलीको कर्णधार भएकाले दुःख बिराम परेको बखत युवालाई सहयोग गरौं र बचाऊ भन्ने उद्देश्यले युवाहरु युवा बचाऊ अभियानमा लागेको हो ।
केही सयम अघि यस समूहले मोरङ पथरीका झमक बहादुर भुजेल अर्थात विनय भुजेललाई धरानको वी.पी. कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा ल्याएर उपचार गराएका थिए ।
विरामीको अवस्था निकै कम्जोर भएका कारण भुजेललाई युवा समूले बचाउन असफल भए । भुजेललाई बचाउन नसकेपनि उनको उपचारमा लागेको औषधी खर्च तिरी केही रकम संकलन गरेर भुजेलको परिवारलाई उपलब्ध गराउने अभियानका अभिन्यता संयोजक रमेश राई ले कोशी पोष्ट डटकम लाई जानकारी दिए ।
https://www.youtube.com/watch?v=501N1qUXdUc&feature=youtu.be