अर्थ खबरमुख्य समाचारहेडलार्इन

स्पेनमा योजना बनाएर पैसा लुट्न आएका लुटेरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राऊ

एटीएमबाट पैसा निकाल्ने चिनियाँ गिरोहका थप एक जनालाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३६ वर्षीय सु लुसलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अझै दुई जना फरार छन । उनीहरुका खोजीका लागि विमानस्थलदेखि चीन र भारतनाकामा प्रहरी खबर जारी गरेको छ ।

शनिबार आठ जना चिनियाँ ह्याकरले डेढ करोड रुपैया विभिन्न ब्यांकको एटीएमबाट निकालेका थिए । प्रहरीले पाँच जनालाई शनिबार नै नियन्त्रणमा लिइसकेको छ । पर्यटक भिषामा नेपाल आएर पाँच घण्टामै डेढ करोड लुट्ने तीन जना चिनियाँ ह्याकर फरार छन ।

बैंकहरुको सर्भर नै ह्याक गरेर शनिबार राजधानीका विभिन्न ब्यांकबाट डेढ करोड पैसा निकालिसकेका पाँच जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुका साथमा लुटिएको नेपाली रकम, विभिन्न देशका मुद्रा र ह्याक गर्ने सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।

तीन दिनका लागि पर्यटक भिषामा शुक्रबार मात्रै काठमाडौं आएका आठ जनाको चिनियाँ ह्याकरले प्रभु, एनआईसी एसिया, जनता, ग्लोबल आईएमई र सनराइज ब्यांकबाट एक करोड २६ लाख रुपैया लिकालेका थिए । प्रभु ब्यांकको दरबारमार्ग शाखाबाट धेरै पटक पैसा निकालेको सूचना राष्ट्र ब्यांकको डाटामा पुगेपछि प्रहरीमा खबर गरिएको थियो ।

यसपछि डीएसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले २० भन्दा बढी कार्डसहित एक चिनियाँ ह्याकर समातेको थियो । यसैआधारमा प्रहरीले भाग्न लागेका अन्यलाई समेत समातेको थियो । प्रहरीमा उनीहरुले दिएको बयानअनुसार चीनबाटै ह्याकको योजनासहित यो टोली काठमाडौं आएको थियो । बयानका आधारमा नेपालको ब्यांकको सर्भर ह्याक गरेर पैसा निकाल्ने योजना स्पेनमा बनाइएको खुलेको छ ।

स्पेन बस्ने चिनियाँ नागरिकको योजनाअनुसार आठ जना शुक्रबार काठमाडौं आएको बयानमा बताएका छन । सोमबार नेपाल छोड्ने योजनासहित विदाको दिन पारेर यी ह्याकरहरुले एटीएमबाट पैसा निकालेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button