राजनीतिसमाचार

शुक्रबार प्रधानमन्त्री स्वदेश फर्किंदै स्वास्थ्य सामान्य

प्रधानमन्त्री केपी ओली शुक्रबार स्वदेश फर्किंदै छन्। सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलाको फलोअप उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते त्यसतर्फ गएका थिए ।

ओलीको सिंगापुरमा ‘प्लाज्माफेरिसस’ को उपचार विधिबाट मिर्गौलाको उपचार गरिएको थियो। दिन बिराएर गर्नुपर्ने प्लाज्माफेरेसिस उपचार विधि बुधबार सकिएको छ। प्रधानमन्त्रीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएकाले उनी स्वदेश फर्किन लागेका हुन् ।

‘प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न साढे १२ बजे स्वदेश फर्किंदै हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले भने। प्रधानमन्त्रीसँगै नेकपाका सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णु पौडेललगायत प्रधानमन्त्रीलाई भेट्न पुगेका नेताहरू पनि स्वदेश फर्किंदै छन्। ।

ओली यसअघि पनि सिंगापुरको सोही अस्पतालमा उपचार गर्न गएका थिए। त्यसबेला उनी एक साता उपचार गराएर साउन १८ मा फर्किएका थिए । १० दिनपछि प्रधानमन्त्री ओली फलोअप उपचारका लागि सिंगापुर गएका थिए । उनले सिंगापुरबाटै दुईपटक मन्त्रिपरिषद्का सदस्यसँग भिडियो कन्फरेन्स गरे। कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नियमितझंै प्रधानमन्त्री ओलीको सम्पर्कमा रहेर समन्वय गरिरहेको अधिकारीहरूले बताए ।

प्रधानमन्त्री देशबाहिर उपचारमा रहँदा पनि कुनै पनि काममा समस्या नरहेको दाबी मन्त्रिपरिषद् कार्यालयका अधिकारीले गरेका छन्। प्रधानमन्त्री स्वदेश आएपछि केही राजनीतिक निर्णय लिनसक्ने उनी निकट नेताहरूको आंकलन छ । पार्टी र सरकारमा पनि केही ठूला निर्णय हुने प्रधानमन्त्री निकटस्थहरूले बताए । प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘प्रधानमन्त्री आउनुभएपछि केही फरक अनुभव हुनेछ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button