ख्रिष्टियनको प्रदेश स्तरीय भेला पथरीमा हुने

ख्रिष्टियनको प्रदेश स्तरीय भेला पथरीमा हुने भएको छ । १ नं. प्रदेशका १४ वटै जिल्लाका इसाई अगुवा तथा पाष्टरहरुको भेला यहि भदौं ३० गते मोरङको पथरी शनिश्चरेमा भेला भएको हो । भेलालाई सम्बोधन गर्न राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका अध्यक्ष सीवी गहतराज आउने भएका छन ।
संविधानमा धर्मनिरपेक्षता लेखिए पनि त्यसको खिलापमा धर्मपरिवर्तनको महल खडा गरी अहिले देशका विभिन्न क्षेत्रमा इसाई धर्ममा विश्वास राख्नेहरुमाथि सरकारले झुटा आरोपमा पक्राउ गर्दै आएको छ । संविधान विरोधी ऐनको खारेजीको माग गर्दै धार्मिक स्वतन्त्रताको वकालतमा खरो रुपमा महासंघले आवाज उठाउँदै आएको छ । पूर्वमा हुन लागेको भेलाले बदलिदो परिस्थितिमा कसरी अघि बढ्ने भन्ने विषयमा बृहत बहस गर्नुका साथै देशव्यापी रुपमा अल्पसंख्यक धार्मिक समुदाय ख्रिष्टियनहरुका मागलाई सरकार समक्ष पु¥याउने राष्ट्रिय ख्रिष्टियन महासंघ १ नम्बर प्रदेश सचिव डिल्लीराम पौडेलले जानकारी दिए ।
पथरी शनिश्चरे –४ सम्झनाचौक जरायोटोल स्थित प्रतिज्ञा विश्वासको मण्डलीमा भेला हुन लागेको प्रदेश अध्यक्ष इन्द्र नेपालीले बताए । उक्त अवसरमा इसाईहरुवाहरुलाई महासंघका अध्यक्ष सिवि गहतराजले प्रशिक्षण दिनुका साथै समसामयिक विषयमा छलफल बताईएको छ । उक्त छलफल र बहसले प्रदेश स्तरीय कार्यक्रम समेत तय गर्ने आयोजकले जनाएको छ ।
सो भेलामा १ नं. प्रदेशका जिल्ला तथा नगर, गाउँबाट प्रतिनिधिहरुको सहभागिता हुने भएको बताइएको छ । राष्ट्रिय ख्रिष्टियन महासंघले धार्मिक स्वतन्त्रताका साथै इसाईहरु माथि राज्यले अन्य धर्मावलम्बी सरह समान व्यवहार गर्नुपर्ने माग गर्दै आएको छ । भेलाले प्रदेश कमिटिको चयन गर्ने छ ।
सो नयाँ कमिटिले १ नम्बर प्रदेशमा नयाँ योजनाका साथ ख्रिष्टियन गतिविधि तिब्र बनाइने सचिव पौडेलले बताए । ‘केन्द्रीय अध्यक्ष आउनु हुने र उहाँले विशेष निर्देशन गर्नुहुने भएककाले पूर्वका सबै क्षेत्रबाट प्रतिनिधिहरु सहभागी हुनेछन् उनले भने ।’ कार्यक्रम हुने दिन भदौ ३० गते विहान १० बजेसम्म कार्यक्रम स्थलमा सहभागीहरुको उपस्थिति भईसक्ने आयोजकको भनाई छ ।