
सरकारले बहुमतको दम्भ पदर्शन गर्दा नागारिको अधिकार कुण्ठित गरेको आरोप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगाएका छन् । धरानमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाल यस्तो आरोप लगाएको हो ।
कम्युनिष्ट सरकारले बहुमतको दम्भमा नेपाली नागरिकको अधिकारलाई कुण्ठित बनाउँदै लगेको छ उनले भने । बहुमतको दम्भ हटाउन यस पल्ट धरानवासीले नेपाली काङ्ग्रेसलाई जिताउन समेत आग्रह गरे ।
अहिलेको सरकारको काम देखेर देशभरी र धरानका जनता वाक्क भइसकेका छन यसपटक सबै धरानबासी लागे, काङ्ग्रेसले जित्छ ।’ उनले भने, ‘एक पटक ,दुई पटक होइन तीन पटक सम्म कार्यकर्ताको घरघर पुगौं र यसपटकको मेयरको चुनावमा काङ्ग्रेसलाई जिताऔं ’ उनले भने ।
कम्युनिष्ट अधिनायकवादतर्फ होमिएकोले पनि जनताले साथ नदिने बताए । कम्युनिष्ट बहुमतीय सरकार बनेपछि जनताको बेल्न लेख्न पाउने अधिकार कुण्ठित हुँदै गएको सभापति देउवाले बताए ।
‘प्रजातन्त्रको लागि राणा शासन, पञ्चायत हटायौं अब कम्युनिष्ट सरकार हटाउने बेला आएको छ ।’ ‘पछिल्लो समय मानव अधिकारका उल्ंघनका घटना, हत्या, बलात्कारजस्ता अपराधिक गतिवधि बढ्दै उल्लेख गर्दै यसको अन्त्य अब नेपाली कांग्रेसले मात्र गर्ने’ देउवाले दाबी गरे ।
धरान उपमहानगरपालिकामा रिक्त भएको नगर प्रमुखकको चुनावलाई संकेत गर्दै यस्ता अराजक गतिविधि नियन्त्रण गर्न उपनिर्वाचनमा नगरप्रमुखको पदमा कांग्रेसलाई धरानवीले जिताएर विजयको दियो बाल्ने अवसर दिनु पर्छ ’ उनले भने ।
आगमी मंसिर १४ गते धरान उपमहानगरपाालिकाको स्थानीय चुनावलाई लक्षित गरी राखिएको नगरसभा र जनजागरण अभियानमा कांग्रेसका उपभसभापति विजयकुमार गच्छदारले सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत पर्ने धरान उपमहानगरपालिकामा कांग्रेसले हार्ने र कम्युनिष्टले जित्ने गरेका कारण नगरको विकास हुन नसकेको बताए । उनले धरानको विकासमा कांग्रेसले दिलोज्यानले सहयोग गरेको तर कम्युनिष्ट सरकारले खाली कांंग्रेसले गरेको कामको जस लिने गरेको आरोप लगाए ।