राजनीतिसमाचारहेडलार्इन

धरानको मेयर पदमा समाजवादीले तीन जनाको नाम सिफारिस गर्यो

धरानको मेयर पदमा समाजवादी पाटीले तीन जनाको नाम सिफारिस गरेको छ । आगामी मंसिर १४ गते हुने उप निर्वाचनका लागि धरान उपमहानगरपालिकाको मेयर पदका लागि पार्टीले तीन जना उमेद्धारको नाम सिफारिस गरेको हो ।

मंगलबार पार्टी कार्यालय धरान ७ शान्तिपथमा बसेको सचिवालय बैठकले शुभ चन्द्र राई,गजेन्द्र इस्बो र ताजुप लिम्बुको नाम निर्णय गरी सिफारिस गरिएको छ । बैठकले गजेन्द्र इस्बोको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ ।

समितिमा सदर राई,शुभ चन्द्र राई,पुन्यबहादुर राई,रामकुमार तुम्बा,वसन्त चेम्जोङ,नैइन्द्र लिम्बू,रामकुमार राई,टीका सुब्बा,तेन्जिङ शेर्पा,चन्द्र माया लिम्बू,कृष्ण लिम्बू,नयन राई,दावा शेर्पा,केशबिर राई लाई मनोनयन गरिएको हो ।

बैठकले युवा धरान नगर इन्चार्जमा रबि पाख्रीनलाई जिम्मा दिएको छ । देश सहित स्थानीय स्तरमा भ्रष्टाचार बढेको भन्दै भ्रष्टाचार विरुद्ध अभियानमा समेत समिति गठन गरिएको धरान नगर अध्यक्ष ताजुप लिम्बुले जानकारी दिए ।

बैठकमा उपस्थित सबैले आगामी उप निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरी चुनावमा जानुपर्ने धारण राखेका थिए । यस अघिको निर्वाचनमा पाटीले अन्य दल संग गठबन्धन गरेर गएको भन्दै आउँदो उप निर्वाचनमा गठबन्धन नगरी चुनाबमा जानुपर्ने उनीहरुको सुझाव थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button