अर्थ खबरमुख्य समाचारसमाचार

याक्खा छुम्मा कलाकार संघद्धारा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग

याक्या छुम्मा कलाकार संघद्धारा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग गरिएको छ । धरान किरात याक्खा छुम्मा कलाकार संघले आफ्ना समुदायका बिपन्न जेहेन्दार विद्यार्थीलाई शैक्षिक क्षेत्रमा अघि बढ्न सहज होस भनेर हरेक वर्ष दिइने शैक्षिक सहयोग यस वर्ष महालक्ष्मी नगरपालिका धनकुटाका चानुवा निवासी पुजा लिंखिम याक्खालाई आर्थिक प्रदान गरिएको हो ।

आर्थिक अवस्था कमजोर र आमा बुबा समेत अस्वस्थ भै आफन्त मार्फत हाल ज्ञानोदय उच्च माबिमा अध्ययनरत पुजालाई नगद बीस हजार एक सय रुपैया सहित सम्मान पत्र प्रदान गरिएको छ । उनले यस वर्षको एसईईमा बि प्लस गरी शिक्षा बिषयमा ११ मा अध्ययनरत रहेको आयोजकले जनकारी दिए ।

शैक्षिक सहयोग बितरण कार्यक्रम किरात याक्खा छुम्मा केन्द्रिय उपाध्यक्ष लहरु जिमिको प्रमुख आतिथ्यमा याक्खा छुम्मा भवन जोरसखुवा वडा नम्बर १६ मा भएको हो । शैक्षिक सहयोग कार्यक्रम कोषका अध्यक्ष अजय जिमिको अध्यक्षतामा भएको हो। कार्यक्रममा याक्खा समुदायका कलाकारहरु यक्खा समुदायका सल्लाहकार नेत्रबहादुर याक्खा केन्द्रिय सदस्य जनक याक्खा,बिजय याक्खा,

 

प्रमुख अतिथि लहरु जिमिले शैक्षिक सहयोगको कोषको लागि बीस हजार दिने बताए । कलाकार संघले यस्तो काम गर्ने भनिसकेको अवस्थामा छेकबार नगरी काम गर्न दिनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए । याक्खा छुम्माका जिल्ला अध्यक्ष तथा शैक्षिक कोषका कोषाध्यक्ष रेवत याक्खाले सबैसामु आयब्यय समेत सुनाएका थिए । किरात याक्खा छुम्मा धरान नगर समिति अध्यक्ष हेमराज जिमि याक्खाले शैक्षिक सहयोगका लागि थप कोषको पहल गर्नुपर्ने धारण राखेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button