अर्थ खबरसमाचारस्थानीय

बगरकोटमा पहिलो पटक बगरकोट लोकदोहोरी साँझ भिडियो सहित ….

दिल बहादुर राई

सुनसरीको धरान बगरकोटमा नै पहिलो पटक बगरकोट लोकदोहोरी साँझ लाउन्ज एण्ड बार संचालनमा ल्यईएकोे छ । धरान १५ का अध्यक्ष नरेश इवारमले रिबन काटेर मंगलबार दोहोरी साँझको उद्घाटन गरेपछि दोहोरी संचालनमा ल्यईएको हो । दोहोरी साँझ राती १० ः३० बजेसम्म संचालन हुने आयोजकले जानकारी दिएका छन् ।

उद्घाटनको पहिलो दिन १० प्रतिशत छुट दिएको दोहोरीका व्यवस्थापक शुक्र मेन्याङ्बोले जानकारी दिए । दोहोरी पारिवारिक वातावरण तथा सुरक्षाको पूर्ण प्रत्याभुति भएको मेन्याङ्बोले बताए । दोहोरीमा पूर्वेली तथा पश्चिमेली लोक भाकाहरूको प्रस्तुति रहने अर्का व्यस्थापक नरेन्द्र ईवारम (बरबोटे कान्छा)ले जानकारी दिए ।

विशेष गरी माछाको परीकार, पिज्जा साथमा मौलिक टिपिकल परिकार साथै ग्राहकको अडर बमोजिम सबै प्रकारको खानेकुरा उपलब्ध गराईने ईवारमले बताए । बगरकोट एरिया भरी नै सबै भन्दा सस्तो मुल्यमा बार आईटम देखि किचन परिकार दोहोरीमा आउने ग्राहकलाई उपलब्ध गराउने ईवारमले कोशी पोष्ट अनलाईन डटकम संग कुरा गदै जानकरी दिए ।

१ कठ्ठा १५ धुर क्षेत्रफलमा रहेको दोहोरी साँझ १० लाखको लागतमा शुरु गरिएको लाउन्जका इवारमले बताए । १२ जना संचालकहरूको साझेदारीमा शुरु गरिएको दोहोरी साँझमा संस्थापक अध्यक्ष तथा संरक्षक अकलबहादुर मेन्याङ्बो रहेका छन । हाल ३२ जना कर्मचारी र ७ जना कलाकारहरू कार्यरत रहेका छन ।

सुरक्षाको लागि सिसि क्यामेरा, सुरक्षा गार्ड र बाउन्सर रहेकोले पूर्ण सुरक्षा हुने कुरामा इवारमले विश्वास दिलाए । नियमित रूपमा ७ जना कलाकारहरूले लोकदोहोरी प्रस्तुत गर्ने र विभिन्न अवसरहरूमा राष्ट्रिय कलाकारहरूको प्रस्तुती समेत राखिने उनले बताए । दोहोरी साँझको कोषाध्यक्ष अमित गुरूङ, क्याटरिङ म्यानेजर सम्भु राई, बार म्यानेजर मौसम गुरूङ, बिबिक्यु हेड सावन राई, लिकर हेड कमल कार्की, स्टाफ म्यानेजर देवेन्द्र राई, प्रशासनमा सूर्य राई त्यस्तै संचालक टिममा देवेन्द्र लिम्बु र भक्त राई रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button