अन्तर्राष्ट्रियसमाचारस्वास्थ्य

हरिण बाट मानिसमा रोग सर्ने त्रास , हरिण पागल भईरहेका छन् ।

[mashshare]

हरिणबाट मानिसमा रोग सर्ने त्रास बढेको छ । अमेरिका र क्यानडामा हरिण आक्रामक बन्दै उनीहरुमा अनौठो बानी विकास हुदै गएकाले यो रोग मानिसमा सर्न सक्ने विज्ञहरु बताउँछन् ।

मेरिकाका २४ तथा क्यानडाका दुई राज्यमा हरिणमा फैलिएको रोगलाई लिएर चिकित्सक तथा अनुसन्धानकर्ताहरु चिन्तित भएका छन । इतिहासलाई हेर्ने हो भने अधिकांश रोगहरु पहिले जनावरमा देखिएका थिए, जुन पछि मानिसमा पनि फैलिए ।

पछिल्लो समय विश्वमा भाइरल भइरहेको यस्तै एउटा रोग हो, स्वाइन फ्लू । पहिले सुँगुरमा देखिएको यो रोग पछि विस्तारै मानिसमा पनि देखिन थाल्यो । अहिले त यो रोग निकै धेरैमा देखिन थालिसकेको छ । अर्को खतरानक रोग इबोला पनि पहिले जनावरमा र पछि मानिसहरुमा फैलिएको थियो ।

पछिल्लो समय अमेरिकाका २४ तथा क्यानडाका दुई राज्यमा हरिणमा फैलिएको रोगलाई लिएर चिकित्सक तथा अनुसन्धानकर्ताहरु चिन्तित भएका छन । ती राज्यमा हरिणमा जम्बी डियर बिमारी फैलिएको छ । यो रोगका कारण त्यहाँका हरिण पागल भई आक्रामक भएका छन । उनीहरुमा अनौठो बानी विकास भइरहेको अनुसन्धानकर्ताहरु बताउँछन ।

मिनेसोटा विश्वविद्यालयले यो रोग रोक्नका लागि अध्ययन सुरु गरिसकेको छ । यो विश्वविद्यालयका केही समूहले एउटा त्यस्तो उपकरण बनाएका छन जसले जिउँदो र मृत जनावरको जाँच गर्न सकोस र यो रोग मानिसमा सर्नबाट रोक्न सकियोस ।

  एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button