
धनकुटा
नेपाली कांग्रेसले धनकुटामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । यहि असोज २६ गते आईतबार कोजागत पूर्णिमाको दिन कांग्रेसले चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
कांग्रेसले प्रत्येक बर्ष कोजागत पूर्णिमाको दिन चियापान तथा शुभकामना कार्यक्रम गर्दै आएकोले यस बर्ष पनि कोजागत पूर्णिमाको दिन अशोज २६ गते जिल्लाको पार्टी कार्यालय सहिद भिम नारायण श्रेष्ठ भवनमा १ बजे कार्यक्रम गर्ने तयारी भएको पाटीका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए् ।
शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रमको सम्पूर्ण तयारी पुरा सकिएको जिल्लाका कोषाध्यक्ष दिनेश राईले बताए । चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रमले एक आपसमा मित्रता बढाउने भाईचारको सम्वन्ध विकास हुने भएकोले नेपाली कांग्रेस केन्द्रिय कार्यालयको निर्देशन अनुसार कार्यक्रमको आयोजन गरिएको जिल्ला सभापति अग्नी प्रसाद पौडेलले बताए ।